उदयपुर । उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक ७० वर्षिय वृद्ध पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ का ७० वर्षिय वृद्ध गणेश भन्ने जय बहादुर खत्रीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको हो ।

सोमबार अन्दाजी १२ः३० बजेको समयमा परिवर्तित नाम गाईघाट २५ कुमारी अपाङ्गता भएकालाई जबरजस्ती करणी गरेको मंगलबार परेको उजुरीको आधारमा आरोपमा पक्राउ परेको हो । पीडकलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया