उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
सुनाखरी कृषक समूह र सरस्वती फुलबारी कृषक समूहका गरी ४१ जना कृषकलाई ३ दिने बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको पशुपंक्षी विकास शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए । उनका अनुसार तालिममा बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु बारे जानकारी लगायत जोखिम न्यूनीकरणको लागि पशुपंक्षीको विमा बारे जानकारी लगायतको विषयमा तालिम दिनुको साथै खोर मर्मत बारे पनि जानकारी दिइएको थियो । तालिम पश्चात संयुक्त मिलीजुली बाख्रा पकेट क्षेत्र समिति निर्माण गरिएको कार्कीले जानकारी दिए ।

गत वर्ष पनि कृषकको लागत सहभागीतामा बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम, खोर निर्माण तथा मर्मत, दुई वटा बोयर बोका खरिद खरिद गरि समूहमा हस्तान्तर, दुई वटा च्यापकटर खरिद गरि समूहमा हस्तान्तरण, औजार उपकरण तथा औषधि खरिद लगायतको कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा पशुपालक कृषकलाई भ्रमण लगिएको थियो । दुई समूहमा गरी एक हजार बढी खसी बोका तथा पाठापाठी रहेकोले यसलाई बाख्रा ब्लक कार्यक्रममा लैजाने सोच सहित अगाडी बढेको शाखा प्रमुख कार्कीले बताए । तालिम लिएकाहरुलाई थप ग्राहयता दिएर कार्यक्रमहरु आगामी दिनमा संचालन गरिने शाखा प्रमुख कार्कीले बताए ।

तपाईको प्रतिक्रिया