उदयपुरमा उपचार अभावमा २५ वर्षिय महिला २ वर्षदेखि साङलोमा

उदयपुरमा उपचार अभावमा २५ वर्षिय महिला  २ वर्षदेखि साङलोमा
उदयपुर । २५ वर्षको उर्जाशिल उमेर आफ्नो र बाल बच्चाको हेरचाह, परिवारको जिम्मेवारी र कमाउने जमाउने उमेरमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर २ पाङ्गलाङ्गघारीकी एक युवती भने करिव २ वर्षदेखि फलामे साङ्गलोमा बाधिएर बस्न बाध्य छिन् । मानसिक सन्तुलन गुमाएकी उदयपुरगढी गाउँपालिका वडा नम्बर २ पाङ्गलाङ्गघारीकी २५ वषर््िाय महिला शुसिला परियार उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् । २०७२ सालमा विवाह ...

उदयपुरमा चिसो भुइँमा परालकै भरमा विपन्न परिवार

उदयपुरमा चिसो भुइँमा परालकै भरमा विपन्न परिवार
उदयपुर । परालले छाएको सानो छाप्रो । परालले नै छाप्रो बारबेर गरिएको छ । चिसो भुइँमा परालकै डसना छ । त्यसमाथि पातलो सुकुल छ । छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ । यही छाप्रोमा त्रियुगा नगरपालिका ३ ठाडीका मुसहरी बस्तीका बालबालिकाको दिनचार्य खेलेर वित्छ भने वृद्धवृद्धाहरुको दिनचार्य आगो तापेरै वित्ने गरेको छ । त्यस ठाउँका करिव १० घर परिवारहरुले शीतलहरको कष्ट सहिरहेको छ । जाडो छ...

त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?

त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको रिट माथि उच्च अदालत विराटनगरले छुट्टाछुट्टै आदेश गरेको छ । जिल्ला प्रशासन ...

त्रियुगा उवा संघका उपाध्यक्ष रसाइलीको सुनचाँदी पसलमा राजश्व अनुसन्धानको छापा

त्रियुगा उवा संघका उपाध्यक्ष रसाइलीको सुनचाँदी पसलमा राजश्व अनुसन्धानको छापा
उदयपुर । राजश्व अनुसन्धान कार्यालयले राजश्व छलीको आरोपमा उदयपुरको सदरमुकाम गाईघाटमा रहेको रुजल ज्वेलर्समा छापा मारेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विनोद पोखरेलको नेतृत्वमा आएको टोलीले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष रमेश विश्वकर्माको रुजल ज्वेलर्समा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको छ । रुजल ज्वेलर्सले राजश्व छली गरेको गोप्य सूचना आएपछि करिव ४ घण्टा...

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन
उदयपुर । दुई वर्ष अघि त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको त्रियुगा नगरपालिकाको भोगअधिकार रहेको जग्गा यातायात व्यवस्था कार्यालय उदयपुरलाई उपलब्ध गराएको जग्गाको प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले स्थलगत अनुगमन गरेको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति ” शिर्षकको सामाचार प्रक...

उदयपुरमा ५१ प्रतिशत चालकको प्रेसर हाई

उदयपुरमा ५१ प्रतिशत चालकको प्रेसर हाई
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? स्वास्थय स्थिति कस्तो छ लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत चालकको ब्लड प्रेसर जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय ...

उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति

उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति
उदयपुर । २०७२ असारमा यातायात सेवा कार्यालय गाईघाटमा स्थापना भएपनि लामो समयपछि उदयपुरबाट सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा शुरु भएको छ । प्रयोगात्मक परीक्षा स्थल (ट्राइल सेन्टर) भने निजीलाई चलाउन अनुमति दिइएको छ । दुई वर्ष अघि नै त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको ऐलानी खाली जग्गा यातायात सेवा कार्यालयलाई दिईने भनि प्रदेश सांसद नारायण बुर्जामगर, अम्बिका थापा,...

बाल विवाह न्युनिकरणको लागि सचेतनामुलक स्टिकर वितरण अभियान

बाल विवाह न्युनिकरणको लागि सचेतनामुलक स्टिकर वितरण अभियान
कटारी । बाल विवाह न्युनिकरणका लागि उदयपुरको कटारी नगरपालिकाले नमुना अभियान सुरु गरेको छ । उपमेयर भिम कुमारी राउतको नेतृत्वमा कटारी नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाल विवाह न्युनिकरण सम्बन्धि स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा गत सोमवारदेखि उपमेयर राउतले नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सचेतनामुलक स्टिकर वितरण ग...

उदयपुरबाट ईपासपोर्ट सेवा सुरु

उदयपुरबाट ईपासपोर्ट सेवा सुरु
उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाबाटै ई पासपोर्ट (विद्युतिय राहदानी) बनाउन सुरु गरेको छ । विहिबार एक समारोह विच जिल्लाबाट ई पासपोर्ट बनाउन सुरु गरेको हो । विद्युतिय राहदानी बनाउन सुरु गरेको पहिलो दिन १२ जनाको आवेदन संकलन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । पहिलो दिन आवेदन संकलन गरिएको १२ जना मध्ये ११ जनाको आवेदन स्वीकृत भएको र एक जनाको आवेदनमा समस्या आएको जिल्ला प्रश...

कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना

कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना
कटारी । कटारी ३ स्थित सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगम स्थलमा बुद्धको मुर्ती स्थापना गरिने भएको छ । कटारी डाडाँ स्थित तिनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मुर्ती स्थापना गर्न लागिएको हो । बिहिबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक समारोह विच बुद्धको मुर्ति स्थापनाको लागि शिलान्यास गरेका छन । मुर्ती शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले सबै धर...