गाईघाट। त्रियुगा उद्योग वाणिज्य संघको स्वघोषित साधारण सभा तथा अधिवेशन रोकी भोली सोमबार छलफलमा आउन उदयपुर जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय मार्फत आदेश जारी गरेकोछ ।
त्रियुगा उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्ष रमेश विश्वकर्मा भनी नाम राखेर स्थानीय पत्रपत्रिका मार्फत संघको अधिवेशन यही पुष २६ र २७ गते हुने भनी सूचना सहितप्रचार प्रसार गरिरहेको बारेमा स्थानीय व्यवसायीहरुले अनाधिकृत साधारण सभा र अधिवेशन रोक्न मागगर्दै उदयपुर जिल्ला अदालतमा रिट दायर गरेको उपर आज आईतबार सुनुवाई गर्दै अदालतले सो आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
माननिय जिल्ला न्यायाधिश माधव प्रसाद सुवेदीको एकल ईजलासले बहस सुनुवाई गरि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई दुवै पक्षलाई छलफलमा राखि आदेश गर्नुपर्ने देखिएको हुँदाभोली सोमबार विहान १० बजे दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो ।
स्थानीय व्यवसायीहरु कुमार घिमिरे , ईश्वर राई, दिलिप चौधरी र अजयकुमार साह सहित चार जना व्यवसायीहरुले अनाधिकृत साधारण सभा र अधिवेशन रोक्न रिट निवेद दिएका थिए। निवेदक व्यवसायीहरुले कथित साधारण सभा र अधिवेशनको नाममा फर्जि नामावली प्रकाशित गरि करिब एक हजार तिन सय भन्दा बढी व्यवसायीहरुको नविकरण भएको सप्रमाण हुँदाहुँदै पनि नामावलीमा नाम प्रकाशित नगरेको, संघको अडिटफर्जि बनाएको र संघ भित्र भएको अनियमिततालाई ढाकछोप गरि अगाडीबढेको विषयहरु बारे रिटनिवेदन सहित प्रमाणहरु पेश गरेका छन् ।
हचुवाको भरमा गरिने साधारण सभा र अधिवेशनले भोलीकादिनमा थप जटिलता र द्वन्द्व निम्त्याउने देखिएकोले तत्काल उक्त सबै गतिबिधी स्थगित गरि सवै पक्षलाई समेटेर सर्वपक्षिय भेला बाट छलफलगरि अगाडी बढ्नका लागि आफूहरुले यस्तो कदम उठाएको व्यवसायी कुमार घिमिरेले बताए । उदयपुर जिल्लाअदालतले दिएको यस्तो आदेश पछि संघको नामबाट पूर्व प्रचारित साधारण सभा र अधिवेशन स्वत रोकिने देखिएकोछ, अन्यथा कानुन अनुसार अनाधिकृत हुने स्पष्ट देखिन्छ।

तपाईको प्रतिक्रिया