गाईघाट । स्वास्थ्य शिक्षा सुधारको माग राखेर अनसन बसेर चर्चित भएका डाक्टर गोविन्द केसी उदयपुरमा आउनु भएको छ । उदयपुरमा मेडिकल कलेज स्थापना गर्नका लागि सरकारले गरेको प्रयासहरुको बारेमा अध्ययन गर्न डा केसी उदयपुर आउनु भएको हो ।

डा केसी र नेपाल सरकार विच प्रदेश नम्बर १ को उदयपुर र ईलाममा मेडिकल कलेज स्थापन गर्ने सम्झौता भएको थियो । सरकारले आफू सँग गरेका सम्झौता अनुरुप मेडिकल कलेज स्थापना गर्नका लागि के के काम गरेको रहेछ भन्ने बारेमा बुझ्न र स्वास्थ्य क्षेत्रमा भएका समस्याहरुको पहिचान गर्न आउनु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मुकेस झाले जानकारी दिनु भयो ।

डा. झाले गोविन्द केसी जिल्ला अस्पताल आउनु भएको पुष्टी गर्दै सामाजिक संजाल मार्फत जानकारी दिएका छन । ‘आज एक युग पुरुष डा गोविन्द केसी सरसँगको भेटघाटको क्रममा शिक्षा स्वास्थ्य क्षेत्रमा सुधार सम्बन्धी भलाकुसारी गरियो । सरले शिक्षा स्वास्थ्य लगाएत हरेक वेथिती विरुद्ध निरन्तर नि स्वार्थ संघर्ष जारी राख्ने कुरा भन्नुको साथै सुन्दर नेपालको परिकल्पना गर्नुभयो ।’

जिल्लामा मेडिकल कलेज खोल्नु पर्छ भनेर अभियन्ता गोविन्द केसीले दवाद दिई रहेका बेला उदयपुरका नागरिक समाजका अगुवा र राजनैतिक दलका नेताहरु भने कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया