उदयपुर । उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । त्रियुगा नगरपालिका ४ बगाहामा शुक्रबार बेलुका साढे ५ भएको सो दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका दिलिप दुलालको मुत्यु भएको प्रहरीले जनाएको छ ।
गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ –०१-००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाँदा मोटरसाईकल चालक देउरीका ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भएका थिए ।
घाईते दुबैलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक घाईते चौधरीको भने उपचार भईरहेको छ । ट्रिफर चालक त्रियुगा नगरपालिका–६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया