सडक निर्माणको काम समयमै सक्ने गरी आन्दोलन स्थगित

सडक निर्माणको काम समयमै सक्ने गरी आन्दोलन स्थगित
उदयपुर  । सगरमाथा लोकमार्गको काम समय सिमामा सक्ने गरी आन्दोलन पक्ष र ठेक्केदार पक्ष विच सम्झौता भएपछि आन्दोलन स्थगित गरेको हो । मंगलबार त्रियुगा नगरपालिकाको कार्यालयमा सूर्य कन्ट्रक्सन फर्म प्रा.लिका प्रतिनिधि, त्रियुगा नगरपालिका, गाईघाट सडक आयोजना कार्यालय प्रतिनिधि र आन्दोलन पक्ष विच समयमै काम सक्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो । यस्तै सडकसँग जोडिएका खानेपानी पाइप, विधुतको पोल, दुर संचार कार...

चैत १६ गते विप्लवको नेपाल बन्द

चैत १६ गते विप्लवको नेपाल बन्द
उदयपुर ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चैत्र ११ गते एक प्रेस विज्ञप्ति मार्फत नेता र कार्यकर्ताहरुको गिरफ्तारीका विरुद्ध १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध १६ गते शनिबार पार्टीले नेपाल बन्दको घोषणा गरेको हो । ‘केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श...

उदयपुरमा बैवाहिक बलात्कारको फैसलामा एक जनालाई ३ वर्षको सजाय

उदयपुरमा बैवाहिक बलात्कारको फैसलामा एक जनालाई ३ वर्षको सजाय
उदयपुर । उदयपुरमा बैवाहिक बलात्कार गरेको कसुरमा एक जनालाई जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्लामा पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा एक जनालाई अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षिय एक जनालाई कैद सजाय सुनाएको हो । ३८ वर्षिया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै अदालतले यस्तो फैसला सु...

उदयपुरमा १० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ

उदयपुरमा १० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ
उदयपुर ।  उदयपुरमा एक १० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ की एक १० वर्षिय बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सोही वडा बस्ने ४० वर्षिय बुधराज राई पक्राउ परेका छन् । गत शुक्रबार साँझ घरमा कोही नभएको समयमा बालिकालाई दुव्र्यवहार गर्दै गरेको छिमेकीले देखेपछि राई फरार भएका थिए । फरार राईलाई सोमबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्...

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ
उदयपुर । उदयपुर र सिरहामा लागू औषध सहित तीन जना पक्राउ परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थित बगाहा सालघारी र सिरहाको बरियारपट्टी गाउँपालिकाबाट दुई जना गरी तीन जना लागूऔषधसहित पक्राउ परेका छन् । सोमबार बगहा सालघारी चोकमा स.२ प ४८२५ नम्बरको मोटर साइकल चेकजाँचको क्रममा लागूऔषधसहित त्रियुगा नगरपालिका ९ बस्ने २६ वर्षिय रंजन बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थ...

अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ को रेकर्ड : उदयपुरमा ४ सय बढी स्थानमा डढेलो (फोटो फिचर)

अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ को रेकर्ड : उदयपुरमा ४ सय बढी स्थानमा डढेलो (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ (firms.modaps.eosdis.nasa.gov )ले उदयपुरको चुरे तथा महाभारत क्षेत्रका ४ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको जनाएको छ । नासाले एक हप्ताको रेकर्डमा उदयपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रको ४ सय भन्दाबढी ठाउँमा डढेलो लागेको जनाएको छ । उदयपुरको डिभिजन वन कार्यालय त्रिवेणी भन्दा डिभिजन वन कार्यालय गाईघाट क्षेत्रमा बढी डढेलो लागेको देखिन्छ...

उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते

उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
उदयपुर ।  उदयपुरमा भालुको आक्रमणबाट शनिबार अपराहन्न दुई जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा भालुको आक्रमणबाट दुई जना घाइते भएको छ । स्थानीय जंगलमा बाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि चौदण्डीगढी नगरपालिका ५ का २५ वर्षिय घुरन सदाय र सोही ठाउँका २५ वर्षिय मनिस राई घाइते भएका हुन् । भालुको आक्रमणबाट राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको छ । उनको उप...

आजबाट एसइई परीक्षा शुरु : उदयपुरमा ७ हजार १ सय ८२ परीक्षार्थी

आजबाट एसइई परीक्षा शुरु : उदयपुरमा ७ हजार १ सय ८२ परीक्षार्थी
उदयपुर । यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइई आजबाट शुरु भएको छ । उदयपुरमा यस वर्ष ७ हजार १ सय ८२ परीक्षार्थी एसइईमा सहभागी भएका छन् । यो वर्ष जनता मावि देउरीमा नारद आदर्श मावि बसहा, त्रियुगा मावि गाईघाट र त्रिवेणी मावि कटारीको प्राविधिक तर्फको विद्यार्थीहरु सहभागी हुने छन् भने अम्बेबर मावि राजाबासमा ग्रेड वृद्धि परीक्षार्थी सहभागी हुने छ । यस वर्ष महिला मैत्री परीक्षा केन्द्र नभएपन...

सिरहामा आगोले जलेर दुई बालिका सहित तीनको ज्यान गयो

सिरहामा आगोले जलेर दुई बालिका सहित तीनको ज्यान गयो
राजेन्द्र महतो, लहान । सिरहा जिल्लामा छुट्टाछुट्टै आगलागीमा परी दुई बालिका सहित तीन जनाको ज्यान गएको छ । शनिबार दिउँसो धनगढीमाई नगरपालिका १४ अमलीटार बस्ने दिपक धमलाको घरमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा परि धमलाका ६ वर्षिया छोरी दीक्षा धमला र सोही गाउँको नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेल जलेर ज्यान गएको छ । उनीहरु आगोले घरभित्रै रहेको अवस्थामा मृत्यु भएको ईलाका प्र...

आर्थिक अपराधविरुद्ध सरकार सक्रिय, नौ महीनामा २२६ लाई मुद्दा

आर्थिक अपराधविरुद्ध सरकार सक्रिय, नौ महीनामा २२६ लाई मुद्दा
काठमाडौँ । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपर...