उदयपुर । उदयपुर र सुनसरीको सिमाना चटराघाटको कोशी पुलमा विहिबार ट्रकबाट लडेर सहचालकको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटको कोशी पुलमा ट्रकबाट लडेर सह चालकको मृत्यु भएको हो ।
चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरे ल्याउदै गरेको को. १ ख. २५६९ नम्बरको ट्रक घुमाउरो बाटोमा मोड्ने क्रममा बिहान साढे १० बजे ट्रकबाट लडेर सह चालक उदयपुर बेलका नगरपालिका ८ बस्ने बर्ष १९ को हेमन्त मगर गम्भीर घाइते भएका थिए ।
लडेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उचारको क्रममा सोही अस्पतालमा बिहान सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
दुर्घटना पश्चात ट्रकका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ भने ट्रकलाई इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया