
उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषयको परीक्षा भने प्रदेश दुईमा पनि हुने बताए ।
गत चैत १४ र १५ गते प्रदेश २ मा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनुअघि नै सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मन्त्री पोखरेल अध्यक्ष रहेका माध्यामिक शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको थियो ।
बैठकले प्रश्नपत्र बाहिरिएको प्रदेश २ को २ सय ६२ वटा परीक्षा केन्द्रको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको पनि मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले सञ्चालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गरे ।
उनले प्रश्नपत्र बाहि¥याउने काममा सहभागी भएकाहरुको अनुसन्धान गरी दोषीउपर कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।
सरकारले सो घटनाको छानवीनका लागि शिक्षा मन्त्रालय आफैँले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पनि सो घटनाको अनुसन्धानको कामलाई अघि बढाएको छ ।









