उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान सम्पन्न भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियान थालेको थियो ।
चैत १ गतेबाट थालिएको महाअभियानमा बिभिन्न गतिबिधि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक दिनेशकुमार चौधरीले बुधवार आफनै कार्यकक्षमा पत्रकार अन्तरक्रिया कार्यक्रममा बताएका हुन ।
महाअभियान अन्र्तगत चैत २ गते मातहत पोष्टहरुलाई स्थानीय तहसँग समन्वय गरि सडकमा ब्यवस्थित पार्किङ तथा फुटपात हटाई चालकहरुलाई प्रशिक्षण दिएको, ३ गते सामुदायिक बिद्यालय, संस्थागत, निजि र हिसान अन्र्तगतका बिद्यालयहरुमा सवारी दुर्घटना न्यूनिकरण, स्कुल बसले ट्राफिक नियमम उल्लघन गरे नगरेको बारेमा अनुगमन तथा अन्तरक्रिया गरेको बताए ।
त्यसैगरी उद्योग ब्यवसायी, उद्योग संगठन, उद्योग वाणिज्य संघ र मजदुरसँग छलफल तथा अन्तरक्रिया गरि सवारी साधानमा रातको समयमा हिड्दा टल्कने रिफलेक्टर टाँसि फलोरोसेन्ट ज्याकेट लगाउन अभिप्रेरित गरेको जानकारी दिए ।
ट्राफिक प्रहरीले स्थानीय अस्पताल तथा स्वास्थ्य चौकीसँग समन्वय गरि सवारी चालकको स्वास्थ्य परिक्षण गरि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको र ट्राफिक ब्यवस्थापन सम्बन्धि यातायात ब्यवसायी मजदुर, सर्बसाधारण, सरोकारवाला निकायसँग दुर्घटना न्यूनिकरण सम्बन्धि छलफल गरेको थियो । अभियानको क्रममा सार्वजनिक सवारी साधानको अनुगम गरि सार्वजनिक यात्रुवाहक सवारीमा डस्बिन, जेष्ठ नागरिक, महिला तथा शारिरिक अशक्तक्ता भएका ब्यक्तिहरुको लागि आरक्षण सिटको प्रयोग भए नभएको, भाडा दरको लिष्ट राखेको छ कि छैनन् क्षमता भन्दा बढी यात्रुहरु राखे नराखेको त्यसको चेक जाँच तथा अनुगमन गरिएको ट्राफिक प्रहरी ईन्चार्ज चौधरीले बताए ।
लामो दुरीको सवारी साधानमा २ वटा चालक राखे नराखेको मापसे गरि सवारी चलाउने, यात्रुवाहक सवारी साधानको प्रदूषण मापदण्डको यातायात ईन्जिनियरद्धारा अनुगमन गराईएको बताए । सडकमा २४ सै घण्टा खटने ट्राफिक प्रहरीको धुलो धुवाको कारणले गर्दा स्वास्थ्यमा समस्या आएकोले उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गराएको जनाए । बिभिन्न स्थानमा घुम्ति प्रशिक्षण कार्यक्रम सञ्चालन गरि महाअभियान सफल बनाएको ट्राफिक प्रहरी शम्भु थापाले जानकारी दिए ।
महा अभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेको थियो । सदरमुकाम गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा १२ स्थित त्रियुगा बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरी अभियान सुरु भएको हो ।









