
राजेन्द्र महतो, लहान । सिरहाको निजी तथा सरकारी विद्यालयमा बुधवार भएको अनिवार्य गणित बिषयको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित गतिविधि गरेको भन्दै दुई जना निरीक्षकलाई निश्काशन गरेका छन ,भने ११ विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
परीक्षामा विद्यार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै चन्द्र मावि परीक्षा केन्द्र सिरहा र सारस्वर मावि परीक्षा केन्द्रबाट एक–एक जना शिक्षक निश्कासनमा परेका हुन् ।
परीक्षा हलभित्र मोवाईल लगि प्रश्नपत्र आउट गर्ने तथा अमर्यादित गतिविधि गरेको आरोपमा लहानको बस्तिपुर मा.वि. परीक्षा केन्द्रबाट ८ जना, सिरहाको सारस्वर मा.वि. परीक्षा केन्द्रबाट २ जना र चन्द्र मा.वि.परीक्षा केन्द्रबाट एक जना गरि ११ जना विद्यार्थीको बुधबारको अनिवार्य गणित बिषयको परीक्षा रद्द गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले बताएका छन ।
निश्कासनमा पर्ने प्रायः निजी विद्यालयको विद्यार्थी रहेको जनाएको छ । यस बाहेक परीक्षा शान्तिपूर्ण र मर्यादित भइरहेको बताएको छ । सिरहामा यस वर्षको एसईई परीक्षामा ३८ परीक्षा केन्द्रबाट ९ हजार एक सय ८५ जना विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।









