उदयपुरमा एकै परिवारको तीन जनाको हत्या, हत्यारा पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएको छ । मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरूका १२ वर्षीया छोरा सुजनको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेत पक्राउ परेका छन् ।
आरोपीलाई बेलका नगरपालिका–६ वरबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेश कु...













