बेल्टार । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ पुल चोक बेल्टारबाट लागू औषध गाँजा सहित अन्दाजी ५४ वर्षिय मंगल बहादुर विश्वकर्मा सोमबार साँझ पक्राउ परेको छ । गाँजा घरमा लुकाई छिपाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी टोलीले अढाई केजी गाँजा सहित विश्वकर्मालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारले जिल्ला अदालत उदयपुरबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









