गाईघाट – मदन भण्डारी लोकमार्गमा अन्तर्गत गाईघाट–बेलटार खण्डको इकराहा खैराहामा शनिबार भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको निधन भएको छ । एक घाईते भएका छन् ।
इटहरीबाट कटारीतर्फ आउँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको निधन भएको प्रहरीले जनाएको छ ।
चौदण्डीगढी नगरपालिका ९ स्थित खैराहा झोडास्थित सडकको घुम्ती मोडमा आफै अभियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किदा खड्काको घट्नास्थलमै प्राण उडेको प्रहरीले जनाएको छ ।
कटारी नगरपालिका ४ स्थायी घर भई घुमफिरका लागि गएका श्रीमान श्रीमति इटहरीबाट घर फर्कने क्रममा दुर्घंटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी खड्काकी पत्नी २० वर्षीया संगीता खड्का घाईते भएकी छिन् । उनको उपचारपछि डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतकको शव उदयपुृर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा दिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए । घट्नाबारे थप अनुसन्धान भईरहेको फुयालको भनाई छ ।
मृतक नेकपा माओवादी केन्द्र कटारी नगरपालिका ४ का पार्टी अध्यक्ष रामबाबु खड्काका एक्लो छोरो हुन् ।









