गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटबाट ठूलो परिणाममा लागूऔषध सहित दुई जना युवक पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ पिजीचोक बस्ने २१ वर्षिय लक्ष्मण मलाहाको घरबाट लागूऔषध विक्री वितरण गरेको सूचनाको आधारमा ठूलो परिणाममा लागूऔषध सहित दुई युवक पक्राउ परेको हो ।
लक्ष्मण महलाको साथै सोही ठाउँका २० वर्षिष निसान राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । उनका अनुसार महालाको घरबाट फेनारगण ४९ एम्पुल ,डाजोपाम ४८ एम्पुल र बुप्रिनोर्फिन २८ एम्पुल गरी जम्मा १२५ एम्पुल र ८ थान सिरिन्ज पनि बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत उदयपुरमा उपस्थित गराई लागूऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया