आजबाट थारू समुदायका महिलाहरुको जितिया सुरु
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ ।
आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत्यधिक...













