घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई अदालतको अन्तरिम आदेश

घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई अदालतको अन्तरिम आदेश
उदयपुर - घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई जिल्ला अदालत उदयपुरले अन्तरिम आदेश दिएको छ । त्रियुगा नगरपालिकाको कार्यालय, मेयर बसन्त कुमार बस्नेत, वडा नं. ११ को कार्यालय, वडाध्यक्ष सुमन्त कोइराला र पूर्वाधार विकास कार्यालय, पूर्वाधार विकास कार्यालयका प्रमुख जितेन्द्र कुमार कर्णलाई विपक्षी बनाईको योगेन्द्र कुमार तामाङ्गको मुद्दामा यस्तो आदेश दिइएको हो । केहि समय अघि सडकको जग्गाको यकिन नगरि जथाभा...

पुनः कोइला अभावमा उदयपुर सिमेन्ट उद्योग बन्द

पुनः कोइला अभावमा उदयपुर सिमेन्ट उद्योग बन्द
उदयपुर – नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग विहिबारबाट पुनः कोइला अभावमा बन्द हुन पुगेको छ । कोइला अभाव झेल्दै आएको उद्योग संचालन भएको हप्ता दिन नचल्दै पुनः बन्द हुन पुगेको हो । हप्ता दिन अघि कोइला अभावमा बालुवा, माटो, पानी मिसिएको गुणस्तरहिन कोइला प्रयोग गर्दा कोल मिलन जाम हुनुको साथै कोइला अभावमा उद्योग बन्द हुन पुगेको थियो । उद्योगलाई दैनिक सरदर सय टन कोइला आवश्यक...

मेयर बसन्त बस्नेत विरुद्ध जयन्तीले हालिन् उच्च अदालतमा मुद्दा

मेयर बसन्त बस्नेत विरुद्ध जयन्तीले हालिन् उच्च अदालतमा मुद्दा
उदयपुर । आफूलाई अपमान जनक हटाईएको भन्दै त्रियुगा नगरपालिकाकी एक कर्मचारी अदालतको ढोका ढकढक्याउन पुगेकी छिन । असार ३१ गते राती म्याद नथप्ने निर्णय भएका ५९ जना मध्ये एक त्रियुगा नगरपालिकाका सामी परियोजना प्रमुख जयन्तीकला तामाङले नगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर गरेकी हुन । सामी परियोजना प्रमुख तामाङले उच्च अदालत विराटनगरमा भदौ ३० गते उत्प्रेषण, परमादेश प्रतिशेध रिट दायर गरेकी हुन । रिटमा आफ...

दशैंको मुुखमा त्रियुगा नगरपालिकाका करार कर्मचारीको पद घटुवा, दैनिक ज्यालादारीमा काम गर नत्र घर जाऊ

दशैंको मुुखमा त्रियुगा नगरपालिकाका करार कर्मचारीको पद घटुवा, दैनिक ज्यालादारीमा काम गर नत्र घर जाऊ
उदयपुर । त्रियुगा नगरपालिकामा लामो समयदेखि करारमा रहेका प्राविधिक र अप्राविधिक कर्मचारीलाई चालु आर्थिक वर्षदेखि दैनिक ज्यालादारीको रुपमा तलव निकासा गर्ने निर्णय भएको छ । दशैंको मुखमा चालु आर्थिक वर्षमा म्याद नथपिएका अस्थायी र करारका करिव दुई सय बढी कर्मचारीहरुको तलव अव दैनिक ज्यालादारी (डोर हाजिरी) मा दिने विहिबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ । उनीहरुले मासिक रुपमा नभएर दैनिक हाजिरी (...

बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई

बरुवा क्याम्पसको पुस्तकालय भवन शिलान्यास, शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनुपर्ने : मन्त्री राई
उदयपुर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षा विद्यार्थीको अभिरुची अनुसार हुनु पर्ने बताएका छन् । बुधबार बरुवा क्याम्पसको पुस्तकालय भवनको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् । प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको २० लाख सहयोगमा पुस्तकालय भवन निर्माण हुने भएको छ । उनले घोकन्ते विद्या भन्दा व्यवहारिक, प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका हुन् ।...

उदयपुरका तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा, ६ महिना भित्र जरिवाना नबुझाए पद गुम्ने

उदयपुरका तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा, ६ महिना भित्र जरिवाना नबुझाए पद गुम्ने
उदयपुर - उदयपुरको तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा परेका छन् । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको छ । स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने कटारी नगरप्रमुख राजेश चन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्का, ताप्ली गाउँपालिका अध्यक्ष ढुङराज विक र उपाध्यक्ष धनमाया मगर, लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई र पुष्पलाल र...

उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण

उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण
उदयपुर - उदयपुरमा अहिलेसम्म ३८ जनामा डेंगूको संक्रमण देखिएको छ । आइतबारसम्म दिउँसो १ बजेको रिपोर्ट अनुसार २६८ जनामा डेंगूको परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । त्रियुगा नगरपालिकाको जिल्ला अस्पाल उदयपुरमा ११ जना, बेलका नगरपालिका नगर अस्पतालमा १५ जना र कटारी नगरपालिकाको कटारी अस्पतालमा १२ जनामा डेंगूको संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जान...

थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै

थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै
उदयपुर - आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउइदै छन् । थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा जितिया ...

त्रियुगा क्षेत्रमा जितियाको उपलक्ष्यमा सार्वजनिक विदा

त्रियुगा क्षेत्रमा जितियाको उपलक्ष्यमा सार्वजनिक विदा
उदयपुर । उदयपुरको तीन स्थानीय सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा, चौदण्डीगडी र बेलका नगर सरकारले असोज २ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्रियुगा क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती रह...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
उदयपुर । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य...