उदयपुर – नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग विहिबारबाट पुनः कोइला अभावमा बन्द हुन पुगेको छ । कोइला अभाव झेल्दै आएको उद्योग संचालन भएको हप्ता दिन नचल्दै पुनः बन्द हुन पुगेको हो ।

हप्ता दिन अघि कोइला अभावमा बालुवा, माटो, पानी मिसिएको गुणस्तरहिन कोइला प्रयोग गर्दा कोल मिलन जाम हुनुको साथै कोइला अभावमा उद्योग बन्द हुन पुगेको थियो । उद्योगलाई दैनिक सरदर सय टन कोइला आवश्यक पर्छ ।

गुणस्तरहिन कोइला सहजै पाउँछन तर गुणस्तरयुक्त कोइला अहिले पनि अभाव रहेको एक कर्मचारीले जानकारी दिए । पहिले पहिले मापदण्ड विपरित गुणस्तरहिन कोइला प्रयोग गर्दा कोइला बढी खपत हुने र सिमेन्ट उत्पादन कम हुने गरेको थियो । उनले भने,– “कोइलाको मोइस्चर अर्थात चिसोपन २ प्रतिशतसम्म लिने प्राबधान छ । २ प्रतिशतसम्म मोइस्चर कोल मिलमा पठाउन मिल्थ्यो तर अहिले १० प्रतिशत मोइस्चर पुर्याएको छ, १० प्रतिशत मोइस्चर पुगेले कोइला बढी खपत भएको छ ।” उनका अनुसार अहिले ल्याव चेकजाँच नगरी कोइला कोल मिलमा पठाउन बन्द गरिएको छ ।

कोइला चेकजाँच गर्दा र समयमै कोइला आई नपुग्दा उद्योग बन्द गर्नु परेको स्रोतले जानकारी दिए । पहिले पहिले कोइला आपूर्तिमा कमी आउँदा उद्योग चलिरहेको बेला ल्याब चेक जाँच नगरि कोल मिलमा पठाउने गरेको उद्योगका कर्मचारी स्रोतले जानकारी दिए । उनले कोइला राति १२ बाजे सकिन लागेको छ भने कोइला राति १० बजे आइपुगेपछि चेक जाँच गर्नु पर्ने समय नहुँदा राति देखि नै विना चेकजाँच कोल मिलमा कोइला पठाउने गरेको धुव्र सत्य हो । उनले भने, “गुणस्तर चेकजाँच कागज जस्तो पनि बन्छ ।” गुणस्तरहिन कोइलाको प्रयोग भएपछि उद्योग संचालक समितिले कडाई गरेपछि अहिले कोइला स्टोक गरेर लट लटमा गुणस्तर चेक जाँच गरिरहेको छ । उनका अनुसार कोइलाको गुणस्तर पूर्ण रिपोर्ट आउन कम्तीमा चार पाँच दिन लाग्छ, पाँच दिन भए पनि २४ घण्टा अनिवार्य हो ।

कोइला अरियन्त सप्लार्य विराटनगर, न्यू आयन सप्लार्य भैरहबा र प्लाटिनम सप्लायर्सले आपूर्ति गरिरहेको खरिद शाखा प्रमुख गम्भिर बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार शुक्रबार र शनिबार गरी ६ सय मेट्रिक टन कोइला आइपुगेको छ भने बाँकी कोइला आउँदैछ ।
यस विषयमा उद्योगको सूचना अधिकार लक्ष्मण पौडेलसँग सम्पर्क गर्दा घुमारो पारामा बुढाबुढी भएपछि औषधि पानी गर्दै ठिक हुने रहेको प्रतिक्रिया दिनु भयो । उहाँले उद्योगको मेसिनरी सामान पुरानो भएकोले कुनै भर नहुने भएकोले जुनसुकै बेला पनि बन्द हुने गरेको स्वीकार गर्नुभयो । उहाँले कोइला राष्ट्रिय व्यापी समस्या रहेको बताउनुभयो ।

उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कोइला अभावमा उद्योग बन्द भएको स्वीकार गरेको छ । उनले कोइला हामी आफैले बनाउन नसक्ने भएकोले अन्तराष्ट्रिय स्तरको भर पर्नु पर्ने बताउनुभयो । कोइलाको सहज आपूर्ति हुन साथ उद्योग एक दुई दिनमा संचालनमा आउने बताउनुभयो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया