उदयपुर । त्रियुगा नगरपालिकामा लामो समयदेखि करारमा रहेका प्राविधिक र अप्राविधिक कर्मचारीलाई चालु आर्थिक वर्षदेखि दैनिक ज्यालादारीको रुपमा तलव निकासा गर्ने निर्णय भएको छ । दशैंको मुखमा चालु आर्थिक वर्षमा म्याद नथपिएका अस्थायी र करारका करिव दुई सय बढी कर्मचारीहरुको तलव अव दैनिक ज्यालादारी (डोर हाजिरी) मा दिने विहिबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ । उनीहरुले मासिक रुपमा नभएर दैनिक हाजिरी (डोर हाजिर) भरेर मात्रै तलव निकासा हुनेछ ।
नगरपालिका तर्फ अस्थायी खरदार सरहका १८ जनाको म्याद थप्ने निर्णय गरेको छ भने अधिकृत देखि खरिदार, सहजकर्तासम्मले डोर हाजिर भरेर मात्रै तलव पाउने नगर कार्यपालिकाले निर्णय गरेको छ ।
त्रियुगा नगरपालिकामा प्रशासन तथा प्राविधिक गरी ७१ जना स्थायी, १८ जना अस्थायी र ७५ जना करारका कर्मचारी गरि १६४ कर्मचारी रहेका छन् भने स्वास्थ्य तर्फ ३८ जना स्थायी र ५४ करारका कर्मचारी रहेका छन् ।
करारका कर्मचारीको सेवा अवधि थप नगर्ने नगरपालिकाको निर्णयसँगै अहिलेसम्म कामकाज गरेका कर्मचारीहरुले डोर हाजिरमा काम गर नत्र घर जाऊको अवस्थामा पुगेको छ । अधिकृत देखि सरसफाईसम्मका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा तलव निकासा गर्ने निर्णय गरेको एक वडाध्यक्षले जानकारी दिएका छन् । शिक्षा, स्वास्थ्य, प्रशासन, प्राविधिक तथा वडामा कार्यरत करारको कर्मचारीको करार संझौता २०७९ असार ३२ गतेदेखि सकिएको छ । यस अघि ५९ जना करारका कर्मचारीको म्याद थप नगर्दा सामी परियोजना, महिला हिंसा तथा प्रतिकार्य योजना साझेदारी कार्यक्रम लगायतका कार्यक्रहरु प्रभावित भएको छ ।
शाखा अधिकृत, नायव सुब्बा र खरदार स्तरका कर्मचारीहरुलाई मापदण्ड विपरित दैनिक ज्यालादारीमा तलव निकासा गर्ने कर्मचारी स्रोतले जनाएको छ । उनीहरुले डोर हाजिर नगरेको दिन, सार्वजनिक विदा तथा चाडपर्व विदाको दिनको तलब अव नपाउने प्रशासन शाखाले जनाएको छ । उनीहरुले चाडपर्व खर्च (दशैं पेश्की) समेत पाउने छैनन् । उनीहरुले ६ सय ९० रुपैयादेखि अधिकतम एक हजार ३८० रुपैयासम्म तलव पाउने प्रशासन शाखाले जनाएको छ । करार म्याद थप नभएका र अहिले डोर हाजिरमा तलव निकासा हुँदा उनीहरुको तलवमा अव २५ प्रतिशत देखि ३५ प्रतिशतसम्म तलब कटौती भएको छ ।
इन्जिनियर, सव इन्जिनियर, अमिन, सुपर भाइजरलाई डोर हाजिरमा राख्न सकिन्छ तर अप्राविधिकिलाई डोर हाजिरमा लगाउन पाइदैन् । कानूनत प्राविधिक कर्मचारी बाहेकले अरुलाई ज्यालादारीमा लगाउन पाउने व्यवस्था कुनै कानूनमा छैन् ।
यस्तै नगरपालिकाको सरसफाईकर्मी, इलेक्ट्रिसियन, हजुका सवारी चालक, नगर प्रहरी लगायतले दैनिक ज्यालादारी बढीमा सात सय रुपैयासम्म पाउने छ ।
स्थानीय तह निर्वाचनताका त्रियुगा नगरपालिकाले न्युक्ति गरेका प्राविधिक वा अप्राविधिक कर्मचारीहरुको म्याद नथप्ने बरु निस्कासन गर्ने मेयर बसन्त कुमार बस्नेतको भनाई अहिले सार्थकता पाएको एक कर्मचारीले जानकारी दिए ।
यस अघि प्राविधिक, अप्राविधिक न्युक्ती भएका सहजकर्ता, स्वास्थ्यका कर्मचारीहरुमा अहेव, अनमी लगायत कृषि र भेटनगरीका साथै नगर प्रहरीहरुको म्याद नथप्ने र उनीहरुलाई कुनै पनि हालतमा निश्कासन गर्ने पक्षमा रहेको एक कर्मचारीले जानकारी दिए । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले करारका २१६ जना कर्मचारी आवश्यक छैन र उनीहरुको म्याद नथप्ने एक अनलाइनमा अन्तरवार्ता दिएका थिए ।
सम्बन्धित समाचार
- मेयर बस्नेतको निर्देशनमा त्रियुगा नगरपालिकामा लगाएको ताला फोड्यो
- त्रियुगा नगरपालिकाको मुल गेटमा ताला, कामकाज ठप्प
- त्रियुगा नगरपालिकाको करार कर्मचारी समस्या सामाधान गर्न बहुमत कार्यपालिका सदस्यहरुद्वारा कार्यपालिकाको बैठक माग
- त्रियुगा नगरपालिका विधि र कानूनबाट चल्छ, राजा महाराजाको जस्तो एकल आदेशले चल्दैन : उपमेयर राई
- त्रियुगा नगरपालिकाका करारको कर्मचारीलाई नहटाउन नेकपा एसको माग
- त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित
- त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)
- बसन्त बस्नेत मेयर नहुँदै करारका कर्मचारीको जागिर खाई दिने चर्चा