उदयपुर । त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित भएकोा छ । त्रियुगा नगरपालिकाले एक सूचना मार्फत श्रावण १ गतेबाट लागू हुने गरी ५९ जना करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारी निष्काशन गरेको छ ।

त्रियुगा नगरपालिकाको कार्यपालिकाको वैठक भित्रका कुनै पनि जनप्रतिनिधिसंग छलफल नै नगरी ५९ जना कर्मचारीहरुलाई कुनै जानकारी विना के कति कारणले गर्दा म्याद थप नहुने सम्मको कारण समेत नखुलाई हामीलाई राजनैतिक पूर्वाग्रह राखेर नगर प्रमुख बसन्तकुमार बस्नेतको एकल निर्णय सरकारले निष्काशन गरेको भन्दै विज्ञप्तीमार्फत विरोध जनाएको छ ।

विज्ञप्तीमा सबै नागरिकको हक हित र अधिकारको सुरक्षा गर्छ भन्ने हाम्रो बुझाई थियो तर नगर सरकार प्रमुख समेत रहनु भएको बस्नतकुमार बस्नेतले हामी श्रमजिवि ५९ जनाको रोजगारी समेत खोसी गरिब परिवारको पेटमा लात हान्ने काम गरिएको छ यस कार्यको हामी घोर निन्दा गर्दछौ ।नगरपालिका भित्र नगर उपप्रमुख, वडा अध्क्षक्ष तथा कार्यपालिका सदस्यहरुलाई समेत जानकारी नदिई एकल ढंगले छलफल नगरी गरिएको यस किसिमको निर्णय बैधानिक नरहेको हुदाँ यस बिषयमा पुनःविचार गर्नु पर्ने आवश्यक्ता रहेको विज्ञप्तीमा जनाएको छ ।
नगरपालिकाको वृत्ति विकासमा हामी निरन्तर आफ्नो क्षेत्रबाट काम गर्दै आएका छौ, हामी नगरपालिकाबाट निकालिनु पर्ने कुनै कारण छैन राजनैति पूर्वाग्रह, व्यक्तिगत रिसिवि राखेर यस किसिमको निर्णय गरेको पाइएको छ । त्यस कारण नगरपालिकाले गरेको निर्णय अविलम्व फिर्ता लिन जोडदार माग गर्दछौ, यदि हाम्रो माग संबोधन नगरीए वेवास्ता गरिए हामी चरणबद्ध रुपमा संघर्षको कार्यक्रम गर्दै अघि बढ्ने र कानुनी प्रक्रिया समेत अघि बढ्ने विज्ञप्तीमा जनाएको छ ।

सम्बन्धित समाचार

त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)

तपाईको प्रतिक्रिया