गाईघाट – त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको एकल निर्णयले ५९ जना कर्मचारीको करार म्याद नथप्ने विषय पेचिलो बन्दै गएको छ । मेयरको एकल निर्णयले नगरपालिकाको विधि र प्रक्रिया मिचेको भन्दै उपमेयर महेश्वरी राई सहित बहुमत कार्यपालिका सदस्यहरुले ५९ जना करारका कर्मचारीको म्याद थप्ने आश्वासन दिएका छन् ।
निश्कासित कर्मचारीहरुको ज्ञापन पत्र बुझदै आन्दोलनकारी कर्मचारीहरुलाई सम्बोधनको क्रममा त्रियुगा नगरपालिका विधि तथा कानूनबाट चल्छ, कुनै राजा महाराजाको जस्तो एकल आदेशले चल्दैन बताएकी थिईन् । के लोकतन्त्र गणतन्त्र आईसकेपछि पनि एकल निर्णय उचित छ त भन्दै उपमेयरले प्रश्न गरेकी छिन् । उपमेयरले भनिन्–“के हाम्रो विधि तथा कानूनले एकल निर्णय गर्ने अधिकार दिइएकोछ त भन्दै थुप्रै कानूनी प्रक्रिायहरुको अध्ययन गरेर हेर्दा अहिलेको कानूनमा कहि कतै त्यस्तो व्यवस्था नरहेकोले छैन ।” राजा महाराजाको जस्तो एकल निर्णय नगर्न मेयर बसन्त बस्नेतलाई उपमेयरले चेतावनी दिएका छन् । उनले एकल निर्णय तत्काल फिर्ता लिई ५९ जना कर्मचारीलाई जुनजुन तप्कामा काम गरिरहेका छन् तत् तामको जिम्मेबारी नदिए ठूलो भूल हुने उनले बताईन् ।
उनले नगर प्रहरीलाई राख्नु पर्ने ठाउँमा राजा महाराजा जस्तो नागरिकको सेवा दिने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ल्याएर कामकाज चलाउनु कतिको जायज भएको प्रश्न गरेका थिए । कति दिनसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहनु हुन्छ त्यसैले राजा महाराजाको व्यवहार त्याग्न उपमेयरले अनुरोध गरेका छन् ।

उपमेयरले भनिन, “सुनेको थिए अहिलेका प्रमुख प्रशासकीय अधिकृत अख्तियारमा बसेर आएको कर्मचारी हो उहाँले विधि र प्रक्रियासँगत काम गर्छ ? के एकल निर्णय नै विधि र प्रक्रिया हो ?” प्रमुख प्रशासकीय अधिकृत ज्यूले पनि करारको कर्मचारीलाई म्याद नथप्न मतियारको भूमिका खेलेको आरोप उपमेयरले लगाईन ।आन्तरिक स्रोतबाट तलब खाने कर्मचारीको म्याद थपिने तर संघ र प्रदेशबाट संचालित परियोजनामा कार्यरत कर्मचारीको म्याद नथपिने कस्तो व्याभार भन्न खोजेको हो ? उपमेयरले प्रश्न गरिन । उनले न्यायिक समितिको कानून अधिकृत सहित तीन जना कर्मचारी मलाई नसोधि निकाल्दा आज न्याय समिति ठप्प रहेको बताईन् । दिनमै न्याय माग्नेहरुको भिड छ तर मैले न्याय दिन सकिरहेको छैन् ।
आफुहरु पुनरवाहाली हुनु पर्ने माग राख्दै आन्दोलनरत कर्मचारीहरुलाई नगर उपप्रमुख महेश्वरी राई सहित १५ जना कार्यपालिका सदस्यहरुले सम्वोधन गर्दै कर्मचारीको माग प्रति आफुहरु सकरात्मक रहेको बताएका थिए । उहाँले विधि र विधानलाई मिचेर कार्यपालिकामा यस बिषयमा छलफलनै नगरी अबैधानिक हिसाबले गरिएको कदम आफुहरु नमान्ने पक्षमा रहेको बताउनुभयो ।

त्रियुगा नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मान बहादुर राईले जनप्रतिनिधि निर्वाचित भएको पहिलो बर्ष नै कर्मचारीहरुले त्रासदिपूर्ण समय गुजार्नु पर्ने अबस्था नगरपालिकाको लागि सुखद नहुने बताउनु भयो । उहाँले संघिय सरकारबाट बजेट प्राप्त गरेर कार्यरत कर्मचारीहरुलाई समेत अबैधानिक हिसाबले पदच्युत गरिनु न्यायपूर्ण नभएको बताउनु भयो । वडाअध्यक्ष राईले करार सेवाका कर्मचारीहरुलाई व्ययभार बढि भएमा हटाउने विधि र प्रक्रिया भए पनि नगर प्रमुखले उक्त विधि र प्रक्रियालाई मिचेको औल्याउदै कार्यपालिका बैठकबाट यो बिषयलाई निकास दिनु पर्ने बताउनु भयो । उनले सरकार परिवर्तन हुँदैमा कर्मचारी परिवर्तनले नगरपालिकालाई दुर्गामी असर हो । एकल निर्णय र गलत परिपाटीको विकास भएको छ यसले कलान्तरमा असर गर्ने बताए । प्रयोजनाको कर्मचारीहरु निकाल्नुले विकास साझेदार संस्थाहरुले विश्वास गुमाएको आरोप लगाए ।कार्यपालिका सदस्य विमल किरातीले हिजोको राजा महाराजाले आदेश गरेको भरमा मन नलाग्नेलाई हटाउने मन पर्नेलाई काँखी चाप्ने काम बन्द गरियोस् । एकल निर्णयको भरमा नगरपालिका संचालन गर्नु महाभूल हुने बताउनु भयो । मेयरको एकल निर्णय सच्चिनु पर्छ र उहाँको त्यो एकल निर्णयलाई हामीले कार्यपालिका बैठकबाट बदर गराउने छौं ।

त्रियुगा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष घमानसिह खत्रीले नगरपालिकामा कुनै पनि आर्थिक भार नहुने गरी नगर सभाले बजेट व्यवस्था गरि सकेको अबस्थामा यसरी लुकाएर निर्णय गरिनु राम्रो पक्ष नभएको बताउनु भयो । उनले त्रियुगा नगरपालिकामा २ सय बढी करारको कर्मचारी रहेको छ तिनीहरुलाई खोई निकालेको प्रश्न गरेका थिए ।

कार्यपालिका सदस्य डिल्लीशेर राईले नगरको नगर सभा सम्पन्न गरेर कार्यान्वनको लागि लाग्ने समयमा कर्मचारीको बिषयलाई लिएर गरिएको कदमले नगरमा अशान्ति सृजना हुने बताउनु भयो । उनले सशस्त्र प्रहरी र नेपाल प्रहरी राखेर नगरपालिका चलाउन खोज्न दुस्साहास नगर्न अनुरोध गरे । सेना र प्रहरी राखेर नगरपालिका चलाउन खोज्ने हो भने भोलिको विकल्प हामीले खोज्नु पर्ने उनले बताए ।

त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष अमर बहादुर दनुवारले जाति अनुसार कर्मचारीहरुमाथि तिरस्कार गरेको आरोप लगाए । उनले जातिय तिरस्कारको आधारमा ४८ जना आदिवासी जनजातिलाई जागिरबाट निकाले जनाए । उनले २१ ज्ना थारु, ४ जना दलित, ५ जना दनुवार निकाल्दा मात्रै ७ जना क्षेत्रीबाहुनलाई जागिरबाट निकाल्नु भनेको जातिय विभेद गरेको आरोप लगाए ।

त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरले राजनीतिक प्रतिशोध राखेर कर्मचारीहरुको म्याद नथप्नु गलत भएको बताए । उनले एउटै निर्णयमा न्यूक्ति लिएकोले काम गर्नु पर्ने अरु चाहि कामबाट बाहिर हुनु कतिको जायज हो ?

कर्मचारीलाई सम्बोधनको क्रममा त्रियुगा नगरपालिका वडा नम्बर ६ को अध्यक्ष योगेन्द्रराज दाहाल, वडा नम्बर १० को वडा अध्यक्ष किरन पाण्डे लगायत कार्यपालिका सदस्यहरु सुनिता गमजेर, रेणुक श्रेष्ठ, गिता उप्रेती, कुन्ती परियार लगायतले आफुहरु कर्मचारीको माग प्रति प्रतिबद्ध रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया