उदयपुर । भर्खरै निस्कासित करारका कर्मचारीहरुले त्रियुगा नगरपालिकाको गेटमा लगाएको ताला मेयर बसन्त कुमार बस्नेतको निर्देशनमा फोडिएको छ । आन्तरिक, संघ, प्रदेश तथा परियोजना गरि ५९ जना करारको कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथप्ने निर्णयपछि स्वतः निस्कासनमा परेका करारका कर्मचारीले विहिबारदेखि लगाएको ताला मेयर बस्नेतको निर्देशनमा आइतबार विहान करिव ८ बजे फोडेका छन् । 
असन्तुष्ट कर्मचारीहरुले आस्थाको आधारमा आग्रहपूर्वाग्रह राखेर आफुहरुलाई निस्कासन गरेको गुनासो गर्दै अघिल्लो दिन नै मेयर बस्नेतलाई निर्णय पुनराबलोकन गर्न माग गरेका थिए । करार भए पनि लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर सेवा प्रवेश गरेकाले निस्कासन गर्न पनि पूर्व जानकारी र स्पष्ट कारण हुनुपर्ने उनीहरुको गुनासो छ । मेयर बस्नेतलाई पूर्वाग्रही भएर गरेको निर्णय फिर्ता नलिएमा अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनीसहित उनीहरु धर्ना बसेका थिए ।
तर आइतबार नेपाल प्रहरीको सुरक्षा घेराभित्र नगरपालिका गेटमा लागेको ताला फोडेको आन्दोलनरत एक कर्मचारीले बताए । उनले कायरता पूर्वक ताला फोडेको आरोप लगाए । ताला फोडेको विषय बारेमा आन्दोलनरत कर्मचारीहरुले बैठक बसेर थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
नगर प्रमुख स्तरीय निर्णयको हवाला दिदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले असार ३१ गते एक सूचना प्रकाशित गरी ५९ करार कर्मचारीको म्याद नथपिएको जानकारी गराएका थिए । त्यस लगत्तै आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले अघिल्लो दिन ज्ञापनपत्र दिएर निर्णय पुनराबलोकन गर्न मेयर बस्नेतलाई आग्रह गरेका थिए । उपमेयर महेश्वरी राईसहित बहुमत कार्यपालिका सदस्यहरुले निश्किासित कर्मचारीहरुको म्याद थप गर्ने वा नगर्ने विषयको लागि कार्यपालिका बैठकको माग गरेको छ ।
सम्बन्धित समाचार
- त्रियुगा नगरपालिकाको मुल गेटमा ताला, कामकाज ठप्प
- त्रियुगा नगरपालिकाको करार कर्मचारी समस्या सामाधान गर्न बहुमत कार्यपालिका सदस्यहरुद्वारा कार्यपालिकाको बैठक माग
- त्रियुगा नगरपालिका विधि र कानूनबाट चल्छ, राजा महाराजाको जस्तो एकल आदेशले चल्दैन : उपमेयर राई
- त्रियुगा नगरपालिकाका करारको कर्मचारीलाई नहटाउन नेकपा एसको माग
- त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित
- त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)









