उदयपुर । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको मेयर स्तरीय निर्णयबाट ५९ जना कर्मचारीको करार म्याद थप नगरेको प्रति नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटीले ध्यानकर्षण गराईएको छ ।

त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीले एक विज्ञप्ती निकाल्दै असार ३१ गते मेयर स्तरीय निर्णय भनी ५९ जना श्रमजिवि कर्मचारी र तिनिहरुका आश्रित परिवारको रोजी रोटि शिक्षा दिक्षा समेत प्रभावपर्ने गरी गरिएको एकल निर्णय प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दशौं बर्ष देखि कार्यरत श्रमजिवी कर्मचारीहरुलाई नितान्त व्याक्तिगत र राजनितिक पूर्वाग्रहको आधारमा कुनै पनि सूचना नदिइकन रोजगारीबाट निकालिनु भनेको अत्यन्तै गैरजिम्मेवारी तथा जनविरोधी कार्य रहेको विज्ञप्तीमा जनाएको छ ।

मेयर स्तरीय भनी कार्यपालिकाको कैयौ सदस्यहरुलाई समेत जानकारी नगराईकन गरिएको यो कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दै तत्काल निर्णय फिर्ता लिनको लागि जोडदार माग गर्दछ भनि विज्ञप्तीमा जनाएको छ ।

थप समाचार

त्रियुगा नगरपालिकाबाट निष्काशित कर्मचारीहरु आन्दोलित

त्रियुगाका मेयर बसन्त बस्नेतले ५९ जना कर्मचारी हटाए (नामावलीसहित)

 

तपाईको प्रतिक्रिया