उदयपुर । उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका करारका कर्मचारीलाई हटाएको छ । मेयर बसन्त बस्नेले ५९ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो ।

त्रियुगा नगरपालिकाको चालु खर्चको व्ययभारलाई कम गर्नका लागि भन्दै नगरका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकालले एक सूचना जारी गरेको छ । सूचनामा २०७९ असार ३१ गतेको नगर प्रमुख स्तरीय निर्णय आदेशानुसार सेवा करार÷ज्यालादारी कर्मचारीहरुको म्याद थप नहुने सूचना जारी गरेको हो ।

प्रमुख प्रशाकीय अधिकृत ढकालले जारी गरेको पत्रमा सामी परियोजना तर्फ कार्यक्रम संयोजक जयन्तीकला तामाङ सहित १० जना, महिला हिंसा तथा प्रतिकार्य साझेदारी कार्यक्रम तर्फ कार्यक्रम संयोजक अन्जु राई सहित ८ जना, शहरी पूर्वाधार विकास शाखा तर्फ ईन्जिनियर अनिल पूर्वे सहित ६ जना र न्यायिक समिति सचिवालय तर्फ कानुनी परामर्श विज्ञ कृपाराम चौधरी सहित ३ जना, ऐलानी जग्गा व्यवस्थापन तर्फ सलिना दनुसार सहित ५ जनालाई सेवाबाट हटाएको छ । कृषि र पशु प्राविधिक, समाजिक परिचालक, सडक वत्तिका केही कर्मचारी, बरुवा बसपार्क व्यवस्थापनमा कार्यरत केही कर्मचारीहरुलाई हटाईएको छ ।

साविक जिल्ला विकास समितिमा करारमा न्युक्ति दिएका कर्मचारी देखि नगरपालिकाले न्युक्ती दिएका करिव तीन सय बढी करारमा न्यूक्ति लिएका कर्मचारीहरु रहेका छन् ।

करार र ज्यालामा नामावली

तपाईको प्रतिक्रिया