उदयपुर । त्रियुगा नगरपालिकाले न्युक्ति गरेका प्राविधिक वा अप्राविधिक कर्मचारीहरुको म्याद नथप्ने बरु निस्कासन गर्ने विषयको चर्चा कर्मचारी वृतमा चुलिएको छ । साविक जिल्ला विकास समितिमा करारमा न्युक्ति दिएका कर्मचारी देखि नगरपालिकाले न्युक्ती दिएका करिव तीन सय करारको कर्मचारीहरुको मेयरका उम्मेदबार बसन्त बस्नेतले जागिर खाई दिने चर्चा कर्मचारी वृतमा चुलिएको छ ।नेपाली काँग्रेस निकट एक कर्मचारीले बोलेको अडियो रेकर्डले त्रियुगा नगरपालिकाका करारमा न्युक्ति पाएको कर्मचारीहरुको मुटुमा ढ्याग्रो बजेको छ । उक्त अडियोमा बसन्त बस्नेत मेयर भएमा सवैभन्दा पहिले करारमा न्युक्ती खाएको कर्मचारीलाई हटाउने सुनिएको अडियो सुरक्षित रहेको छ ।

बसन्त बस्नेत मेयर भएमा सबैभन्दा पहिले करारमा रहेका कर्मचारीहरु माथि प्रहार गर्ने भन्दै चिया पसलहरुमा पनि सुनिएको नगरपालिकाकै एक कर्मचारीले बताए । उनले बसन्त बस्नेतलाई सामन्तीको संज्ञा दिएका छन् । उनले सामन्तीको सन्तान सामन्ती नै हुन्छ भनेका छन् ।
पाँच वर्ष भित्रमा त्रियुगा नगरपालिकाले न्युक्ती दिएका साविक जिल्ला विकास समितिका कर्मचारी, वडाहरुको लागि न्युक्ती भएका सहजकर्ता, स्वास्थ्यका कर्मचारीहरुमा अहेव, अनमी लगायत कृषि र भेटनगरीका साथै नगर प्रहरीहरुको म्याद नथप्ने चर्चा शुरु भएको छ ।

बसन्त बस्नेत मेयरमा विजय भए दरबन्दी मिलान गर्दै नगरपालिकामा दरबन्दी विवरण लुकाएर करारमा न्युक्ती दिएका एक दर्जन कम्प्युटर अपरेटर, चालक, कार्यालय सहयोगी, नगर प्रहरी लगायतको म्याद नथप्ने अडियो रेकर्डमा सुनिएको छ । प्रदेश, संघ र केन्द्रलाई दरबन्दी माग गर्नु पर्नेमा दरबन्दी नै लुकाएर करार र साविक जिविसको कर्मचारीहरुबाट काम चलाईरहेको अडियो रेकर्डमा सुनिएको छ । अडियोमा १ महिने, ३५ दिने, ६५ दिने करारमा कर्मचारी न्युक्ती दिएको छ । काँग्रेसले यस्तो करारको कर्मचारी कडफोड गर्ने छ । अडियोमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण विक्रम थापाले तह वृद्धि गर्दै १२ औं तहसम्म कायम गरेको छ ।

बसन्त बस्नेत नगर प्रमुख हुँदा म्याद नथपे पनि उनी निकट कर्मचारी, सुभचिन्तकले भने करारको कर्मचारीको जागिर खाईदिनेसम्मको अभिव्यक्ति दिने गरेको चर्चा चुलिएको छ । यसले प्रस्ट हुन्छ बसन्त बस्नेतलाई कसरी गुमराहमा राखेर आफ्नो दुनो सोझ्याउने काम गर्नेछ ।

तपाईको प्रतिक्रिया