राजेन्द्र महतो, सिरहा – सिरहाको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चौकमा शनिबार बेलुका करिव ५ बजेको समयमा बच्चा चोरको आरोपमा दुई जना तेस्रो लिङ्गी माथि निर्घात कुटपिट भएको छ ।जिल्लाको ल्याणपुर नगरपालिका ९ डुमरी बस्ने ४३ बर्शिय मुन्नी किनर र धनुषाको हस्तपुर नगरपालिका मल्हनिया घर भएका ४५ बर्षको चन्दा राउत किनर माथि स्थानीय केही व्यक्तिले एक्कासी बच्चा चोर हो भनेर निर्घात कुटपिट गरेका हुन।

मुनि किनर भनीने तेस्रो लिङ्गीले लक्ष्मीपुर चौकमा आफ्नै दिदीलाई साथी संगै भेटेर लहान आउने क्रममा स्थानीय कपडा ब्यवसायीले सोधपुछ गरेको र १५÷२० जना स्थानीयहरुले दुबै जना लाई कुटपिट गरेको मुन्नीले बताइन् ।

मुनी र चन्दा भने तेस्रो लिङ्गी लहान नगरपालिका ५ मा कोठा भाडा लिएर बस्दै आएका छन् । उनीहरुले बच्चा जन्मिएको घरमा दुई ३ जनाको समुहमा गएर नाच गान गर्ने र बधाई दिने गरेकी छिन।

उनीहरुले खुशी राजीले दिएको पैसाबाट आफनो घर परिवार चलाउने र जिबीकोपार्जन गर्ने गरेका छन् ।

दुबै जना लहान ६ स्थित रहेको जिबन ज्योति समाज संस्था आबद्ध रहेकी बताएकी छिन । कुटपिट भएको घटना प्रति संस्थाका सम्पुर्ण पदाअधिकारीहरु दुस्ख र निन्दनीय घटना भएको भन्दै खेद प्रकट गर्दै दोषीलाई कडा कर्बाहीको माग गरेका छन् ।

पीडितले ईलाका प्रहरी कार्यालय सिरहामा कार्बाहीको लागि निवेदन र उजुरी दर्ता समेत गराएका छन् ।

जिवन ज्योति संस्थाका अध्यक्ष राम जनक राय र प्रबन्धक लक्षमेश्वर प्रसाद यादवले घटना दुस्खद भएको भन्दै कार्बाहीको जोडदार माग गरेका छन् ।

तपाईको प्रतिक्रिया