राजेन्द्र महतो, सिरहा – दलित विकास मञ्च सिरहाको आयोजना तथा कल्याणपुर नगरपालिकाको सहकार्य र सि.वि.एम. ग्लोबलको साझेदारीमा सिरहाको कल्याणपुर नगरपालिकामा सञ्चालित सवैको लागि समावेशी कार्यक्रम उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिकाबाट पाउने सेवा सुविधामा कुनै प्रकारको कमि आउन नदिने प्रतिबद्धता गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधाबाट बञ्चित नहुने बताए । मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिकाका कर्मचारीहरूलाई निर्देशन समेत दिएको बताए । मेयर साहले अपांग समुदायको सक्षम तथा आत्मनिभर्र बनाउने योजना र बजेट समेत विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले दलित विकास मञ्चले कार्यक्रम सञ्चालन गरेकोमा खुसि व्यक्त गरे । मेयर श्याम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक सेवा सुविधा पुर्याउने प्रतिवद्धता गरे । मेयर श्रेष्ठले समाजमा अति पछाडि रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाको वार्षिक कार्यक्रम र वार्षिक बजेट छुटयाउने उनले बताए । मेयर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहको लागि शिक्षा, स्वास्थ्य, रोजगार र जिविकोपार्जन जस्ता कार्यक्रमहरुको लागि बजेट विनियोजन समेत गर्ने बताए ।
कार्यक्रम सिरहाको कल्याणपुर नगरपालिकाको १२ वटा वडाहरु र गोलबजार नगरपालिकाको १३ वटा वडामा संचालन गरिने अध्यक्ष रुणा कुमारी महराले बताईन ।









