रामपुर । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बेलका नगरपालिकाका सप्तकोशी पीडितहरुलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । वेल्फेयरको उत्थानशील खानेपानी सरसफाई तथा विपद तयारी कार्यक्रमको सहयोगमा ९८ घर परिवारलाई विभिन्न साम्रग्री वितरण गरेको हो ।
राहत प्याकेज अन्तर्गत आत्म सम्मान/स्वच्छता सामग्र, सरसफाई सामग्री, भाँडाकुडा, किचन सेट, खाद्यान्न सामग्री र बन्दोबस्तीको सामग्री ९८–९८ सेट उपलब्ध गराएको हो । १५ लाख ७० हजार २५४ रुपैया बराबरको राहत सामग्री वितरण गरेको वेल्फेयरले जनाएको छ ।
गोर्खा वेल्फेयर धरानले उक्त क्षेत्रका बाढी पीडितहरुलाई चामल, स्वास्थ्य सामाग्री, पानी फिल्टर, दाल, तेल, चिनी, चिया पत्ती, त्रिपाल, मच्छड झुल, महिला आत्मारक्षा सामाग्री, लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
एक परिवारलाई आवश्यक पर्ने खाद्यन्नदेखि प्रयोगका सामग्रीहरु सम्मिलत राहत प्याकेज वितरण भएको र यसले पिडितहरुलाई फाइदा पुग्ने बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताईन् । समस्यामा परेका वास्तविक पिडितलाई राहत उपलब्ध गराउन नगरपालिकाले समन्वय गरेर वितरण गरिएको राहत बस्तबमै पिडित परिवारले पाएको उपप्रमुख राईले बताईन् ।

विपद् तथा विभिन्न कारणले समस्यामा परेकाहरुलाई वेल्फेयरले सहयोग गर्ने गरेको सिनियर एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्बुले बताउनुभयो । नगरपालिकाको समन्वयमा प्रमाणीकरण भएका पिडितलाई आवश्यकता अनुसार राहत वितरण गरिने उहाँले बताउनुभयो ।

ब्रिटिस दुतावासबाट संचालन हुने गोर्खा वेल्फेयर ट्रस्टले नेपालका बिभिन्न ठाउँमा हुने गरेका दैविक प्रकोपहरुमा त्यस क्षेत्रबाट सहयोगको लागि माग आएको खण्डमा राहात सहयोग उपलब्ध गराउदै आएको छ ।

वितरण कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । वेलफेयरले यसअघि पहिलो चरणमा १५ लाख २३ रुपैया बराबरको राहत सामग्री ९४ घरपरिवारलाई वितरण गरेको थियो । वितरणमा वेल्फेयरका प्रतिनिधि एवम् सदस्यहरु खटिएका थिए ।

 

तपाईको प्रतिक्रिया