त्रियुगा नगरपालिकाद्वारा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
उदयपुर । त्रियुगा नगरपालिकाले कोभिड–१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा मोहन प्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले त्रियुगा नगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित विरामीको लागि ३ वटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना भाइरसबाट जोगिन प्रोटेक्टीभ इक्युपमे...












