काठमाण्डौं । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । भारतको पटना मेडिकल कलेज अस्पतालमा उपचाररत रुगंटामा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।
उनको परिवारलाई अस्पतालले नमुना परीक्षणको नतिजा दिएर विश्वस्त हुन भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पनि पटना अस्पतालले रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गरेको बताए । स्वास्थ्य परीक्षण रिपोर्टले कोभिड–१९ नेगेटिभ देखाएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि रुंगटालाई पटना मेडिकल कलेज पुर्‍याइएको थियो । त्यहाँबाट उनको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो ।
इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको उल्लेख छ ।वीरगञ्जका व्यापारी रुगंटालाई कोरोनाकाे संक्रमण नभएको पुष्टिपटना अस्पतालका चिकित्सकले पहिलो परीक्षणमा रुंगटामा कोरोना देखिएको बताएका थिए । दोस्रो परीक्षण अर्थात् ल्याबको नतिजामा नेगेटिभ आए पनि पटना मेडिकल कलेजले उनले पुनः परीक्षणका लागि पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमुना पठाएको उनका भतिज मनोज रुंगाटाले बताए ।

तपाईको प्रतिक्रिया