- जसवहादुर कार्की

लेखक : जसबहादुर कार्की

विषय प्रवेश :
विश्वभर नयाँ वर्ष २०२० को हर्षोल्लास मनाउँन सुरु गर्दा नगर्दा जनवरीको सुरुवातसँगै चिनको हुवान प्रान्तमा पत्ता लागेको नयाँ सरुवा रोग Covid-19 corona virus ले आज विश्व लक डाउन हुन पुगेको छ । सायद पहिलो र दोश्रो विश्वयुद्ध पनि यतिधेरै त्रासदीपूर्ण भएको थिएन होला । किनकी त्यसवेला आजको जस्तो मिडियाको सुविधा उपभोग गर्ने अवस्था थिएन । आजका छापा, मोवाइल, रेडियो, टिभी, नेट , इन्टरनेट, यातायात, चिया पसल, उद्योग, कलकारखाना, स्कूल , कलेज, सरकारी वा गैर सरकारी अड्डा अदालत सवै सवै प्रभावित भएको देखिन्छ । यतिसम्म की दुईजना मानिस भेट भएभने कोरोना भाइरसको कुरा नगरी सिन्को नभाच्ने अवस्था आयो । ठेगान छैन यसले कस्तो निकास पाउला ? हाम्रा वालवालिकाले एस.ई.ई. लगायत परीक्षा दिएर नेपाली नयाँ वर्ष प्रवेश साथ साथै नयाँ सोच, नयाँ चिन्तन वोकेर नयाँ शैक्षिक सत्रसँगै नयाँ कक्षा प्रवेश गर्ने दौडमा नयाँ भाइरसले गम्भिर अवरोध सिर्जना गरेको छ । आशा छ चाँडै समाधान त होला, तर सवैकुरा तंरिना पक्कै समय लाग्नेछ । यो संकटको घडीमा सरकारी तथा गैर सरकारी निकायहरु, नागरिक समाज, स्वास्थ्यकर्मी , शिक्षक, वकिल, पत्रकार, सुरक्षा निकाय, अभिभावक, विद्यार्थी सवै पक्षले सुझवुझ तथा धैर्यताका साथ गाउँघर , शहरवजार आफू जहा रहने हो त्यही ठाउँमा २ वटा मात्र काम गर्न सके तत्कालको हाम्रो जिम्मेवारी केही हदसम्म भएपनि पुरा हुन सक्ने थियो भन्ने लागेको छ ।
१. पहिलो कुरो चेतनामूलक कार्य : 
अघिल्लो दिनको कुरा हो “नेपाल वैंक लि.गाईघाट शाखामा पुग्दा गार्ड वसेका भित्रले एकजनालाई भ¥याङको सिँढीमा राखेको धारामा हात धोयर आउनुहोस भन्दै हुनुहुन्थ्यो । ति वैंक भित्र जान खोज्ने मित्रले हात त धुनु भयो , तर सावुन नलगाइकन । दोहो¥याएर गार्डले अनुरोध गर्दै हुनुहुन्थ्यो । सावुन लगाएर धुनुहोस् । जवाफमा सावुन त लाउँदिन भन्दै झ्वाँक पोख्दै हुनुहुन्थ्यो ।” ती प्रतिनिधि पात्रसँगको उपर्युक्त वार्तलापको अंशवाट मलाई व्यक्तिगत रुपमा केही प्रश्नहरु उव्जेको छ की हाम्रो समाज र ती खाले पात्रहरुलाई कसरी वुझ्ने ? सावुन पानीले हात धुने कर्म किन वोझिलो रुपमा लिए ? सावुन लगाउनै नमान्नेलाई त्यो कर्म गर्न कसरी लगाउने ? तथ्यकुरा नवुझिकन अर्काले फैलाइदिएको हल्लाको पछि लाग्ने ठूलै जमात हाम्रो समाजमा विद्यमान छदैछ यसलाई कसरी चिर्ने ? भाइरस सरिहाल्यो भने वच्ने उपायहरु के के हुन् ? आदि इत्यादि विषयमा समाजका अगुवाहरुवाट चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने खाँचो पनि देखिएको छ ।
हालसम्मको विश्वभरको तथ्यांकलाई हेर्ने हो भने विश्वका १९२ देशका ३,३९,६९७ मा कोरोना भाइरस भेटिएको र १४,७०४ जनाको मृत्यु समेत भैसकेको अवस्था छ । यो क्रम द्रुत गतिमा वढिरहेको भन्ने सुनिन्छ । नेपालमा हालसम्म भाइरसले भेटेको सुनिएको छैन, तर सुरक्षित अवस्था भने नरहेको भन्ने वुझ्न सकिन्छ । Prevention is better than cure भनेझै भाग्यले आजका मितिसम्म साथ दिएको छ । अवका दिनमा उच्च सतर्कता अवनाउन जरुरी देखिएको छ । सरकारवाट चालिएका कदमहरु प्रसंशनीय छन् । यसलाई साथ दिनु हामी सवै नागरिकको कर्तव्य हुन आउँछ । तपसिलका कार्यहरु तत्काल सुरु गरिहाल्न जरुरी ठान्दछु ।
क) विदेश वा अन्य स्थानवाट घर वा गाउँमा आउने जो कोहीलाई पनि घरका अन्य व्यक्तिहरुवाट उच्च सतर्कता अपनाई होम क्वारेण्टाइन वा होम कफ्यूको विधि अपनाउन जरुरी देखिन्छ । रोग स¥यो भने विकराल रुप लिने भैगो नि हैन र ! मान्छे पो आफ्नो हो त रोग त होइन नी !
ग) सवै पक्षको समझदारीमा शहर वजार वा गाउँका प्रत्येक चोक चोकमा व्यानर राख्ने तथा सावुन लगाएर हात धुने व्यवस्था गर्न आवश्यक देखिन्छ ।
घ) मास्क प्रयोग गर्ने तरीका सहितको पम्प्लेट छपाइ गरेर प्रचार प्रसार गर्न जरुरी देखिन्छ ।
ङ) कोभिड १९ भाइरस चाँडै सर्ने भाइरस हो यद्यपी यो भाइरस, भाइरस मध्ेय पनि कमजोर खालको हो । यसवाट लाग्ने वित्तिकै मान्छे मरिहाल्दैन उपचार गर्दा निको हुने रोग हो भन्ने मनोवैज्ञानिक उपचारको खाँचो देखिएको छ । वालवालिका र वृद्धवृद्धालाई वढी जोखिम हुन्छ , भनेर प्रचार भएको पाइन्छ । यसलाई सन्तुलित ढंगले प्रचार प्रसार गर्न जरुरी देखियो ।
२. दोश्रो कुरो बालबालिकाको शिक्षा : 
देशभरका विद्यालयहरुमा पूर्व प्रा.वि.देखि कक्षा १२ सम्म अध्ययनरत वालवालिकाहरु लगभग ८५ लाख जति रहेका छन् । यो संख्या भनेको कुल जनसंख्याको लगभग ३२ प्रतिशत हुन आउँछ । यिनिहरुको परीक्षाको मुखैमा यो खालको संकट आइपरेको छ । एस.ई.ई. लगायत सवै खाले परीक्षा प्रभावित भएको छ । कसैको वर्षभरिको त कसैको दश÷वाह्र वर्षको कमाइको विषय छ । सरकारको लगानी अथाह छ । उनीहरु छुट्टीको समयमा अनियन्त्रित हुने , गलत संगत हुने , जोखिमपूर्ण कार्यहरु हुनसक्ने , एक्लोपन हुने , पढाइलेखाइमा ध्यान नजाने, अभिभावकसँग द्वन्द्व वढ्ने , उचित मार्गनिर्देशन नपाउने जस्ता समस्याहरु देखिने सम्भावनाहरु प्रवल छ । अभिभावकका आँखाका नानी, हालसम्मको कमाई, प्रिय सन्ततिको पढाइप्रति आमा वावुको चिन्ता अवस्य पनि नभएको होइन । वहुत ठूलो मेहनतले हुर्काइ, वढाइ, पढाइ गरेको सन्तानको भविष्यको लागि कोरोना भाइरससँग लड्दै तपसिलका केही कार्यहरु पनि अभिभावकले गर्न जरुरी हुन आउँछ ः
क) वालवालिकालाई सकेसम्म आफ्नो नियन्त्रण भन्दा वाहिर जान नदिउँ । २४ घण्टामा ६÷७ घण्टा विद्यालयमा हुन्थे, अव २४ सै घण्टा तपाइँसँगै रहनुपर्ने भयो ।
ख) प्र.अ. , शिक्षक, विव्यस, आमा समूह , वडा शिक्षा समिति, नगर शिक्षा समिति लगायतसँग आवश्यक परामर्श लिउँ ।
ग) शिक्षकहरुले सम्भव भए भेटेर, म्यासेञ्जर वा एस.एम.एस.को माध्यमवाट पनि आवश्यक सर सल्लाह, शुझाव दिने व्यवस्था गरौं ।
घ) अभिभावकले कमसे कम विहान वेलुका एक दुई घण्टा आफ्ना नानीहरुसँग खेलेर वा पढेर जसरी भएपनि उनीहरुसँग वसौँ, सँगै खानेकुरा खाऔं ।
ङ) फजुल खर्च नगरौं र नगराऔं ।
च) उनीहरुले खान नमिल्ने कुराहरु किन्न पनि नपठाऔं र खान पनि सँगै वसेर वा देखाएर नखाऔं ।
 सवैको जय होस् ।

लेखक : शिक्षा सरोकार मञ्च उदयपुरका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया