काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान मृत्यु भएको हो ।उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसको स‌क्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोनाको संक्रमण भए-नभएको भने पुष्टि भएको छैन ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मृत्यु भएका युवकमा कोरोना संक्रमण भए नभएको रिपोर्ट प्राप्त भइनसकेको बताए ।
‘व्यक्तिको मृत्यु भएको पक्कै हो, फरक किसिमले पनि हुन सक्छ, कोरोना भए नभएको पुष्टि भएको छैन’, उनले भने, ‘रिपोर्ट आउन बाँकी छ, अहिले नै भन्न सक्ने अवस्था छैन ।’

तपाईको प्रतिक्रिया