नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो
काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनी दुबईबाट आएका प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जना...

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना लागेको पुष्टी

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना लागेको पुष्टी
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् ।प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् । ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरस...

सिरहामा १३ आईसोलेशन वार्ड सहित पाँच दर्जन ठाउँमा क्वारेनटाइन निर्माण

सिरहामा १३ आईसोलेशन वार्ड सहित पाँच दर्जन ठाउँमा क्वारेनटाइन निर्माण
राजेन्द्र महतो, लहान । कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहको समन्वयमा १३ स्थानमा आईसोलेशन वार्ड र पाँज दर्जन बढी ठाउँमा क्वारेनटाईन निर्माण गरेका छ्न ।कोरोना संक्रमणको महामारी रोकथामका लागि सिरहाका सिरहा, लहान, गोलबजार, मिर्चैया, सुखिपुर नगरपालिका तथा बिष्णुपुर, बरियारपट्टी, भगवानपुर, नरहा, अर्नमा, लक्ष्मीपुर पत...

मनकारी वडाध्यक्ष : स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा माक्स बाँड्दै

मनकारी वडाध्यक्ष : स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा माक्स बाँड्दै
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ मा स्वास्थ्यकर्मीको टोली सहित वडाध्यक्षले घरघरमा माक्स बाँड्दै कोरोना भाइरसको बारेमा जनचेतना जगाउँदै आएका छन् । गरिव, दलित, असाहय, अतिविपन्न वर्गका परिवारहरुको स्वास्थ्य चेक जाँच गर्दै घर घरमा पुगेर हातधुने सावुन र माक्स वितरण गर्दै आएका छन् । सरकारले लागू गरेकोे लकडावनको पूर्णरुपमा पालना गर्न आग्रह गर्दै जनचेतासमेत अभिवृद्धि गर्दै आएको वडाध्यक्ष...

त्रियुगा नगर सरकारद्वारा क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण

त्रियुगा नगर सरकारद्वारा क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण
उदयपुर । विश्वमा नोवेल कोरोना भाइरसले तहसनहस पारिरहेको अवस्था नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्लाको त्रियुगा नगरपालिकाले कोरोना भाइरस संक्रमणको रोकथामको लागि २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । जनताको स्वास्थ्य र सुरक्षालाई मध्य नजर गर्दै नगरपालिकाले मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा २५ बेडको क्वारेन्टाइनको व्यवस्था गरेको हो । त्रियुगा नगरपालिकामा चैत्र महिनामा बैदे...

म मरे केही छैन, नगरबासीलाई बचाउन सडकमा आए : मेयर श्रेष्ठ

म मरे केही छैन, नगरबासीलाई बचाउन सडकमा आए : मेयर श्रेष्ठ
उदयपुर । जिल्लाको कटारी नगरपालिकामा सर्वसाधारण लकडाउनको समयमा केही युवाहरुले अटेर गरेपछि नगर सरकार प्रमुख ज्ञानेन्द्र श्रेष्ठ सम्झाउन आपैंm सडकमा आउनु छ । पहिलो र दोस्रो दिनको लकडाउनको समिक्षा गर्दै तेस्रो दिन नगर प्रमुख आफै विहानै देखि चार औंला जोड्दै युवाहरुलाई सडकमा होइन घर भित्र वसिदिनुस् भन्दै खटिएका हुन् ।विश्वव्यापी कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा नेपालमा पनि फैलिन नदिन ...

कोरोना भाइरसको जीवाणु मानिसको शरिरमा ३ महिनासम्म रहन सक्ने

कोरोना भाइरसको जीवाणु मानिसको शरिरमा ३ महिनासम्म रहन सक्ने
काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएको पाइएको छ । जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । तर केही समयपछि फेरि उनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।कोरोना भाइरस संक्रमण पुष्टि भएका ७० वर्षीय एक व्यक्तिलाई टोक्योको एक अस्पतालमा उपचार गरिएको ...

धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु गर्ने

धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु गर्ने
धरान, सुनसरी । विश्वमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमित व्यक्तिको रगतको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शुक्रबारबाट शुरु गर्ने भएको छ । बीपीमा कोरोना भाइरसको परीक्षण सुरु गर्न लागिएको १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । काठमाडौँबाट बुधवार कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट पठाई सकेको र बिहीबार ...

उदयपुरको सेनाको व्यारेकमा थप ६ जनालाई करेन्टाइनमा राखियो

उदयपुरको सेनाको व्यारेकमा थप ६ जनालाई करेन्टाइनमा राखियो
उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलस्रोत व्यारेकमा कटारी नगरपालिका १ बेलस्रोत स्थित नेपाली सेनाको रणशार्दुल गणको ब्यारेकमा बिहिबार थप ६ जनालाई करेन्टाइनमा राखिएको छ । रोजगारको शिलशिलामा झापा नाका हुदै भारतको शिलगुढीबाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष...

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको नोवेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकथामको तयारी तिव्र छ । नगरपालिकाले विदेशबाट आएकाहरुको लागि होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विरामीको लक्षण देखिएमा नजिकको क्वारेन्टाइन वा आइसोलेशनमा राख्नको लागि तयारी करिव करिव पुरा गरेको छ । चौदण्डीगढी नगरपालिकाले वडा नं. ४ को नारद आदर्श क्याम्पस बसहामा ४ वटा, वडा नं. ५ को स्वास्थ्य चौकी भवनमा २ वटा, वडा नं. ६ ...