राजेन्द्र महतो, लहान । कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहको समन्वयमा १३ स्थानमा आईसोलेशन वार्ड र पाँज दर्जन बढी ठाउँमा क्वारेनटाईन निर्माण गरेका छ्न ।
कोरोना संक्रमणको महामारी रोकथामका लागि सिरहाका सिरहा, लहान, गोलबजार, मिर्चैया, सुखिपुर नगरपालिका तथा बिष्णुपुर, बरियारपट्टी, भगवानपुर, नरहा, अर्नमा, लक्ष्मीपुर पतारी र नवराजपुर गाउँपालिकामा क्वारेनटाइन निर्माण गरेको हो ।
सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ । जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुर गापामा ७ जना, भगवानपुर गापाको आभेनगरमा ३ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अन्जेश्वर चौधरीले बताएका छन् ।
जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार अहिले गम्भीर प्रकृतिका विरामी नदेखिएकोले उनीहरुलाई क्वारेनटाइनमै राखिएको बताएका छन ।
गम्भीर प्रकृतिको विरामी आएको खण्डमा जिल्लामा राखिएको पाँच स्थान महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पताल ५ बेड, लहान अस्पताल ५ बेड, आर.के.मेडिसिटी धनगढीमाई ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटल ५ बेडमा राखी उपचार गरिने जानकारी दिए । तर हाल सम्म पिपिइ जिल्लामा उपलब्ध नभएकोले ११ गते कोरोना भाइरसको आशंकमा औरहीका एक जना युवालाई थप उपचारको लागि काठमाडौंको टेकु पुर्याएको चौधरीले बताए । जिल्लामा अन्य त्यस्तो प्रकृतिको विरामी परेको सूचना नआएको बताएका छ्न ।
सिरहामा कोरोना भाइरस सर्न नदिनको लागि मानिसहरुको चहलपहलमा पूर्ण रुपमा स्थानीय प्रशासनले बन्देज लगाएको छ भने कोरोना भाइरसबाट बच्न विभिन्न सन्देशमुलक सूचनाहरु सबै स्थानीय तहले प्रचार प्रसार गरिरहेको छ ।









