धरान, सुनसरी । विश्वमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमित व्यक्तिको रगतको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शुक्रबारबाट शुरु गर्ने भएको छ ।
बीपीमा कोरोना भाइरसको परीक्षण सुरु गर्न लागिएको १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए ।
काठमाडौँबाट बुधवार कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट पठाई सकेको र बिहीबार धरान आईपुग्ने भएकोले शुक्रवार देखि एक नम्बर प्रदेशका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोनाको परीक्षण सुरु हुने जानकारी दिए ।
प्रतिष्ठानमा परीक्षणका लागि प्रयोगशाला तयारी अवस्थामा रहेको छ ।









