मोरङमा कोरोना संक्रमितको संख्या २८ पुग्यो
विराटनगर । मोरङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार ९ जना थप भएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुईरदुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लेटाङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमित पुरुष जेठ चार गते आ...








