पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पोखरामा उपचार गराइरहेका पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलोशनमा भर्ना गरिएका पुरुषको आज बिहान मृत्यु भएको हो ।
त्यसैगरी पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा ९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ । यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ ।










