काठमाडैं । शनिबार कोरोनाभाइरसका तीन सय २३ जना संक्रमित भेटिएका छन्। थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
डोल्पामा एक जना र अर्को एक जनाको कैलालीमा ज्यान गुमेको हो।
जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा ज्यान गुमेका ५१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी दमको रोगी थिए।
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ।

तपाईको प्रतिक्रिया