उदयपुर । उदयपुरमा थप तीन जनामा कोरोना संक्रमित फेला परेको छ । जिल्लाको बेलका नगरपालिका वडा नं. ३ मा २ र चौदण्डिगढी नगरपालिका वडा नं. ५ मा १ गरि ३ जनामा संक्रमण देखिएको छ । उदयपुरमा संक्रमितको संख्या ३६ पुगेको छ ।
स्वास्थ्य कार्यालय उदयपुर प्रमुख मोहन सुवेदीका अनुसार तीन जना संक्रमित भएको खबर आएकोले संक्रमितको व्यवस्थापनमा लागेको बताए ।
बेलका नगरपालिकामा भारतबाट आई क्वारेन्टाईनमा चार वटा क्वारेन्टाइनमा बसेका २९ जना मध्येबाट दुई जना पुरुषमा संक्रमण देखिएको बुझिएको छ । बेलका नगरपालिका वडा नं. ३ का संक्रमित ३६ बर्षिया पुरुष र ३५ वर्षिया महिला रहेका छन् । संक्रमित श्रीमान श्रीमती हुन् ।
चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको क्वारेन्टाइनमा रहेको अन्दाजी ३३ वर्षिय १ जनामा संक्रमण देखिएको छ । चौदण्डीगढीमा देखिएको संक्रमित काठमाण्डौबाट हप्ता दिन अगाडी आएका थिए ।
संक्रमितको स्वास्थ्थ मन्त्रालयले यसको आधिकारिक पुष्टी गर्न बाँकी रहेको छ ।
गाईघाटको मोतिगडा क्वारेन्टाईनको ५४ जना भारतबाट आएकाको रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।
यसअघि त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमित ३३ मध्ये ३१ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।









