काठमाडौँ – नेपालमा आज (आइतबार) २१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङको क्रममा आइतबार जानकारी दिए ।

उनहरु मध्ये २०९ जना महिला र ४ जना पुरुष रहेका छन् ।

संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका छन्।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया