उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो
उदयपुर । उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमत देखिएको छ । जिल्ला स्वास्थ्य उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार त्रियुगा नगरपालिकामा २ जना, उदयपुरगढी, ताप्ली गाउँपालिका र कटारी नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरबाट पछिल्लो चरण स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँच जनामा पुष्टि भएको हो । संक्रमितहरुको बारेमा स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्...











