एजेन्सी । संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।
टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर गरेका छन् । यी देशमा पछिल्लो दुई हप्तामा संक्रमण थप तीब्र गतिमा बढेको बताइएको छ ।
अफ्रिकामा सय दिनमा १ लाख संक्रमित देखिएका थिए । अब १९ दिनमा नै यहाँ संक्रमितको संख्या दोब्बर भएको छ । दक्षिण अफ्रिकामा दैनिक एक हजार संक्रमित भेटिएका छन् । ३६ देशमा मात्रै कोरोनाका नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया