राजेन्द्र महतो, लहान । सिरहाका २६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । जिल्ला अस्पताल सिरहाको आईसोलेसनमा उपचाररत शुक्रबार कोरोना सङ्क्रमित २६ जना डिस्चार्ज भएका हुन् ।
सिरहाको सिरहा नगरपािलकाका १८, लहान नगरपालिकाका ५, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना गरी २६ जना कोरोना जितेर शुक्रबार घर फर्किएको अस्पतालका प्रमुख डा. सरविन्द मण्डलले बताएका छ्न।
कोरोना जितेर घर फर्किएका उनीहरु भारतको विभिन्न सहरबाट फर्किएर सिरहा, लहान, नरहा र भगवानपुरकोे क्वारेनटाईनमा बसेका थिए । जेठ २३, २५, २७ र असार १ गते स्वाब संकलन गरी आएको रिर्पोटमा निगेटिभ भेटिएका उनीहरुलाई घर पठाईएको डा. मण्डलले बताएका छन।
यस अघि पनि सिराहाको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट कोरोना जितेका २६ जनालाई आइसोलेसन वार्डबाट घर पठाइएको थियो। जिल्लाभरीमा अझै २० जना आईसोलेसनमा रहेका छन्।
सिरहा जिल्लामा २ हजार २८६ जनाको पिसिआर जाँचको लागि स्वाब संकलन गरिएको छ भने २ हजार ४ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले बताएका छ्न।

तपाईको प्रतिक्रिया