उदयपुर । उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीबाट ५ जना आएको मध्ये ४ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित त्रियुगा नगरपालिका ४ का ३६,४६ र ४८ वर्षिय पुरुष र २८ वर्षिय महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
पुष्टी हुनेहरुमा सवै भारतको दिल्लीबाट लौकहा ठाडीबाट नेपाल प्रवेश गरेको त्रियुगा नगरपालिका ४ का वडाध्यक्ष सुभाष निरौलाले जानकारी दिए । उनीहरुलाई ठाडी लौकहाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा गत जेष्ठ २२ गते राखिएको थियो ।
यो सँंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । भने ३३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
हालसम्म त्रियुगा नगरपालिकामा ३९ जना, बेलकामा ५ जना, चौदण्डीगढी, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् ।









