मुख्यमन्त्री कप अनियमितता : तीन दिनभित्र कागजपत्र बुझाउन आयोजकलाई लेखा समितिको पत्र
विराटनगर / मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश १ ले आयोजक समितिलाई पत्र काटेको छ । लेखा समितिले औपचारिक रुपमा आयोजक पक्षलाई बोलाएर छानबिन सुरु गरेको एक साता वितिसक्दा समेत आवश्यक काजगपत्र नबुझाएको भन्दै समितिले आइतबार पत्र पठाएको हो । यसअघि गत साउन १७ गते समितिमा भएको छानबिनका क्रममा आयोजक समितिले खर्चको विवरण, अन्य भौचर माग गर...












