उदयपुर । उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्डकपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खा ब्वाइज रुपन्देही र एपिएफ काठमाण्डौंको फाइनल खेल खेल्दै छ । संर्घष पूर्ण अवस्थाबाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए ।
खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए ।
एपिएफको कोच सुदिप श्रेष्ठले फाइनलमा पुग्ने कुनै पनि टिम मजबुत रहने बताए । उनले रुपन्देहीलाई मजबुद टिम रहेको भएता पनि जितको पूर्व लक्ष्य राखेको बताएको छ ।
यस्तै रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफ नेपालको उत्कृष्ट टिम भएरै फाइनलमा पुगेको बताउँदै फाइनल खेलमा आफ्नो जित रहने बताए ।


एपिएफले मोरङलाई हराउँदै फाइनलमा पुगे भने रुपन्देही आयोजक टिमलाई हराउँदै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । एसियन थाइफुड्स प्रालि र गैडा छाप उदयपुर सिमेन्टको मुख्य प्रायोजन रहेको छ ।
समापनको प्रमुख अतिथिको रुपमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया