उदयपुर । अखिल नेपाल फुटबल संघद्वारा संचालित उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको बुधबार विहानको खेलमा चौदण्डीगढी नगरपालिकाले शुन्यको विरुद्ध ७ गोलले विजय भएका छन् । सशस्त्र प्रहरी बल काठमाडौ हल चौकको स्टेडियममा चौदण्डीगढी नगरपालिका र पोखरा महानगरपालिका विच भएको खेलमा चौदण्डीगढी नगरपालिका ७ गोलले विजय भएको छ ।
गोल गर्नेमा चौदण्डीगढी नगरपालिकाका खेलाडी जर्सी नं. ११ का चुम्लुङ्मा राईले ३ गोल सहित ह्याट्रिक गरेका हुन भने जर्सी नं. ९ का अनुष्का शेर्पाले २ गोल, जर्सी नं. १० का सरस्वती चौधरीले १ गोल र जर्सी नं. ८ का नमिता राईले १ गोल गर्दै पोखरा उपमहानगरपालिका ७ गोलले पछाडी परेको हो ।
खेलमा म्यान अफ दि म्याच चौदन्डीगढी नगरपालिकाका जर्सी नं. ११ का चुम्लुङ्मा राई घोषित भए । उनलाई आयोजकले ट्रफी उपलब्ध गराएको थियो ।
भोलिको खेल चौदन्डीगढी नगरपालिका र हेटौंडा उपमहानगरपालिका बिच साँझ ४ बजे हुनेछ ।












