उदयपुर । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।
एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन, जसमध्ये उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वस्तिक) पछि सलामीको नाममा अछुतो हुन सकेनन् । उनले लिएको सलामीको तस्वीर ‘ट्रोल’ नै बनेको छ ।
मेयर थापाले रातो कपडाले छोपिएको पिर्कामाथि चढेर सलामी दिएको तस्वीरले उदयपुरमा मात्र नभएर संसारै देश विदेशमा पनि भाइरल बनेको छ । उनले ११ औं राष्ट्रपति अन्तर मावि रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको क्रममा जनता माध्यमिक विद्यालय गुरुङचौरीमा पिर्का सलामी ग्रहण गरेको थियो । उनी तत्कालिन नेकपा एमालेबाट निर्वाचित मेयर हुन् ।
यस तस्विरलाई लेखक तथा टिप्पणीकार दिल निशानी मगरले पटि आफ्नो फेसबुक पेजमा समेत लेखेका छन् । उनले “आयो आयो अर्को पनि आयो। यो त खाली खुट्टा पो आयो !” भन्दै पोष्ट गरेका छन् ।
https://www.facebook.com/dilnisani/photos/a.518075544962745/1780194002084220/?type=3&eid=ARB-qnzotR-9_bkQLBguOcggx4xRBpzJWdTKgPZHZurW0ItzcfM9ifH0zOIDMF4Nbgz-3rYVUuQnHN3S&__xts__%5B0%5D=68.ARDlg_DzSkVlj8E9QncAwJ1XdNYyoQ6ygkihagx1-noEmxwAlb3LM07MIUhSA0TN-48gMS_89bBISenmOSHpx_3NKYv_X7aYNv0RN8898Tdsa_my5a9UH7vofavHd_ib2oyXS32mQCP_GEdCtWblOZ8wlNjNl__Do0HFnro3CzG27vs7qNSd6Nbs6TaUW8QLzWLdoEbL2mK77DbSjzVExN-gB1VQNrPSuGnXhgAoD5R8WAyxWjsXyXuauo9hDlBLBJMihFlYljv5AtKqVb9h8YZIFLWPFagzFpurVV33UIsQ700xD57tYxX9Ml0gGgWlO4ZUBsPC0j4VpddGyViZiPk17Q&__tn__=EHH-R
यस्तै साउदी अरबमा परिवारको भोक मेटाउन कार्यरत रहेको दिपक अभिप्रेमी सुवेदीले लामो स्टाट्स लेखेका छन । उनले “कसैलाई टेबलमाथी चढेर समाली लिनु पर्ने, कोही कुर्सी माथि, कोही पिर्का माथि हुँदाहुदैँ आज मेरै नगरप्रमुखलाई पनि एउटा टालो रातो कपडाको मोह देख्दा मलाई अलिकती हिन्ताबोध जागेको छ ।” लेखेका छन् ।
https://www.facebook.com/dipak.subedi.3152/posts/2326967994219393
यस्तै बेलका नगरपालिका जिएस चौधरीले पनि आफ्नो फेसबुक स्टाट्स लेखेका छन् । उनले “बेलका श्री ६ महाराजधिराज दुर्गा वीर बिक्रम कुमार थापा सरकारमा गणतान्त्रिक सलाम । बेलका नगरपालिका हुनुभन्दा पहिले समृद्धि भएको आभाष तस्विर हेर्दा लाग्छ ।” लेखेका छन् । फेसबुक स्टाट्समा प्रतिक्रियाहरु पनि फरक फरक आएका छन् । यस्तै फेसबुकहरुमा मेयर थापाको फोटोलाई धेरैले धेरै थरीका कमेन्टहरु गरेका छन् । अधिकांशले मान, सम्मान र पदको अथाह भोको ‘पिर्का सलामी’ खाने मेयर ? के यस्तै हुन्छ गणतन्त्र ? जस्ता शब्दहरु प्रहार गरेका छन् ।
यस विषयमा बेलका नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सिता राईसंग बुझन खोज्दा निर्देशिकामा यस्तै छ अरे, मेयर सावले चढ्न मान्नु भएको थिएन शिक्षकहरुले चढाएको प्रतिक्रिया दिए ।
राष्ट्रपति रनिङ शिल्डमा सलामी लिनु पर्ने कुनै नियम नै छैन् ।
उदयपुरको बेलका नगरपालिकाले मात्र होइन, यसरी सलामी लिनेहरु सबैले ‘खेलकुदको नियम’ भन्ने गरेका छन् । तर, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका २०७० को तेस्रो संशोधन २०७५ माघ २१ मा कहि कत्तै स्थानीय तह प्रमुख वा जनप्रतिनिधिलाई प्रतियोगिताको उद्घाटनको क्रममा मार्च पासमा सलामी लिनु वा दिनु पर्ने उल्लेख गरिएको छैन् । निर्देशिकामा स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको राष्ट्रपति शिल्ड प्रतियोगिता संचालन गर्ने निर्देशिकामा कहि कतै मार्च पास गर्दा सलामी दिनु वा लिनु पर्ने उल्लेख नभएपनि जनप्रतिनिधिहरुलाई आफुखुशी दिने वा लिईने गरेको छ ।
प्रतियोगिता संचालनका लागि गा.पा./न.पा./उप न.पा./महा न.पा. का प्रमुख नै संयोजक हुने भने जिल्लाका लागि जिल्ला समन्वय समिति प्रमुख संयोजक हुने व्यवस्था रहेको छ । तर, मार्च गर्नु पर्ने वा नपर्ने सलामी दिनु पर्ने वा नपर्ने कहि कत्तै उल्लेख गरिएको छैन् । प्रतियोगितामा १८ वर्ष मुनीका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुने उल्लेख गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष तथा जिल्ला राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सदस्य पुष्प विक त्यसलाई स्वीकार गर्दैनन् । उनका अनुसार राजतन्त्रकालमा ‘वीरेन्द्र सिल्ड’ का नाममा हुने प्रतियोगिता गणतन्त्रमा राष्ट्रपति रनिङ सिल्ड भएको हो । राष्ट्रपति रनिङ सिल्ड पनि ११ औं संस्करणसम्म भई सक्यो । तर, यसरी पिर्का, मेच, टेबुलमाथि चढेर सलामी लिएको थाहा नभएको विक बताउँछन् ।
प्रतियोगिता उद्घाटनका क्रममा सहभागी टिमहरु राष्ट्रिय झण्डासँगै आफ्नो पहिचान झल्कने झण्डा लिएर मार्चपास गर्छन् । खेलाडीहरुले मार्च गरिरहँदा अतिथिहरुले बसिरहनु राम्रो नदेखिने भएकाले उभिन्थे । तर, त्यसमा भ्रष्टीकरण भयो र विस्तारै प्रमुख अतिथिले अग्लो ठाउँमा, छुट्टै बसेर सलामी लिने संस्कार सुरु भयो ।
त्यसैको पछिल्लो कडी हो, मेयर साहेब रातो कपडाले बेरेको पिर्कामा उभिनु । उनले भने, ‘खेलाडीहरुप्रति सम्मान गर्ने प्रचलनलाई बिगारेर अतिथिले पिर्का र मेचमाथि चढेर सलामी लिनु लाज मर्दो चलनको शुरुवात भएको हो ।’
रातो कपडा, अग्लो फल्याक चाहिने कुनै नियम नभएको प्रष्ट पार्दै उनी भन्छन्, ‘अरु अतिथिसँगै उभिएर खेलाडीहरुप्रति सम्मान व्यक्त गर्न सकिन्छ । तर, अरुभन्दा अग्लो देखिने, छुट्टै सलामी लिने व्यक्तिगत मोहले त्यस्तो भएको होला ।’ अरु भन्दा अग्लो हुने चाहना बढ्दै जाँदा पिर्का र मेचमा चढेको हुन सक्ने केही सर्वसाधारणको भनाई रहेको छ ।
यो पनि पढ्नुस् ।
बेलकाका मेयर दुर्गा थापाको पिर्का सलामी फोटो समाजिक संजालमा भाइरल (तस्विर सहित)









