उदयपुर । छैटौँ उदयपुर रमपम गोल्ड कपका मंगलबारको खेलमा संकटा क्लब काठमाडौंलाई हराउँदै गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले संकटा क्लव काठमाण्डौँलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता खोलको थियो । लगातार अर्को गोल ६५ औँ मिनटमा जर्सी नम्बर ९ का डेनिलले गरेको थियो । भने ८९ औँ मिनटमा संकटा क्लवका जर्सी नम्बर ६ को अमित तामाङ्ले गोल गर्दै आफ्नो टिमको खाता खोलेको थियो ।
आक्रमक रुपमा खेल मैदानमा उत्रेका दुवै टिमका खेलाडीहरुले गोल गर्ने प्रयास गरेपनि मध्यान्तर समयसम्म कुनै गोल हुन सकेको थिएन । उत्कृष्ट खेलाडी गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफाना घोषित गरे भने नगद सात हजार, म्यडल प्रदान गरेको थियो ।
दौड र बल नियन्त्रमा खेलाडीहरुले राम्रो गरेकाले बलियो टिम संकटालाई जित्न सफल भएको गोर्खा व्वाईका कोच जगनाथ खतिवडाले बताए । घरेलु मैदान अनि दर्शकको साथ हुने भएकाले आयोजक टिम कमजोर ठान्दैनौ उनले बताए ।
खेलमा हार जित हुन्छ, हाम्रो खेलाडीको रणनीति सफल हुन सकेत त्यसैले हार व्यहोर्नु परेको संकटाका कोच सैयान खड्गीले बताए ।
भोलिबाट हुने सेमिफाईनलको खेलमा सशस्त्र प्रहरी क्लव काठमाण्डौँ र मोरङ ट्रेनिङ् सेन्टर मोरङ विच खेल हुने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । एसियन थाइफुड्स प्रालि र गैडा छाप उदयपुर सिमेन्टको मुख्य प्रायोजन रहेको छ ।

तपाईको प्रतिक्रिया