तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम सम्पन्न

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम सम्पन्न
उदयपुर ।  घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा दिएको तीन महिने निःशुल्क व्युटिपार्लर तालिम सम्पन्न भएको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बत...

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम
उदयपुर । त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालेको छ । त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारेर काम अघि बढाएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ साबित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र बिकास नाम दिएर अभियान चलाउन थालेको हो । बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले ख...

तस्विरमा यस्तो देखियो उदयपुरको होली (३० फोटो फिचरसहित)

तस्विरमा यस्तो देखियो उदयपुरको होली (३० फोटो फिचरसहित)
उदयपुर । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यता अनुरूप तराईमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र तराईमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ ...

सिके राउतको बैठकमा गुञ्जियो ‘राष्ट्रिय गान’

सिके राउतको बैठकमा गुञ्जियो ‘राष्ट्रिय गान’
लाहान  ।  सरकारसँग भएको ११ बुँदे सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक राष्ट्रिय गान बजाएर सुरु भएको छ । डा. सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा आजबाट सुरु भएको हो । बैठक ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली… ’ बोलको राष्ट्रिय गान बजाएर सुरु भएको होे । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका...

राजा आउँ देश बचाउँ भन्दै सर्वसाधारणद्वारा उदयपुरमा ज्ञानेन्द्रको भव्य स्वागत (२५ फोटो फिचर सहित)

राजा आउँ देश बचाउँ भन्दै सर्वसाधारणद्वारा उदयपुरमा ज्ञानेन्द्रको भव्य स्वागत (२५ फोटो फिचर सहित)
उदयपुर  । तराई भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा उदयपुरमा ‘राजा आउँ देश बचाउँ’को नारा उनका समर्थकहरुले लगाएका थिए । शनिबार उदयपुर सदरमुकाम गाईघाट स्थित राधाकृष्ण मन्दिरमा पूजापाठका लागि आएको अवस्था यस्तो नारा उनका समर्थकहरुले लगाएका हुन् । राजाका समर्थकहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो लगायतका नारा लगाएका थिए । सर्वसाधारणको भिडले राजालाई स्वागतमा भ्याई नभ्याई थिए । ध...

०७६ मा सार्वजनिक बिदा १५ दिन मात्रै

०७६ मा सार्वजनिक बिदा १५ दिन मात्रै
काठमाडौं । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । ०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५मा कौटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदा कटौतिको विरोध गर्दै सरकालाई ज्ञापनपत्र बुझाएका थिए , सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलो...

वातावरण संरक्षणको सन्देश दिने भूगोल पार्क निर्माणको काम अन्तिम चरणमा

वातावरण संरक्षणको सन्देश दिने भूगोल पार्क निर्माणको काम अन्तिम चरणमा
उदयपुर । वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले उदयपुरको कटारी नगरपालिकाको बजारको मुख्य भागमा भूगोल पार्क निर्माण अन्तिम चरणमा पुगको छ । ‘वातावरणको संरक्षण गरौँ, पृथ्वीको पर्यावरण जोगाउँ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण भइरहेको हो । कटारी बजारलाई सगरमाथाको द्वारका रूपमा पनि चिनिन्छ । त्यसैले विश्वको सर्वोच शिखर सगगरमाथा संरक्षणलाई प्रेरिरत गर्न पनि कटा...

त्रियुगा क्याम्पसलाई कुनै एक संकायको विश्वविद्यालय बनाउने प्रदेश सरकारको योजना : मन्त्री कार्की

त्रियुगा क्याम्पसलाई कुनै एक संकायको विश्वविद्यालय बनाउने प्रदेश सरकारको योजना : मन्त्री कार्की
उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडालाई कुनै एक संकायको विश्व विद्यालय बनाउने योजना १ नं. प्रदेश सरकारको रहेको आन्तिरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् । कानून मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र सार्वजानिक कार्यक्रमको उद्घाटन गर्दै उक्त प्रमाणपत्र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रकुमार बस्नेतलाई हस्तान्तर...

ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण

ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । बच्चाले माहुरीलाई आगो लगाउन खोज्दा आगलागी भएको थियो । आगोले नृपबहादुर कार्कीको घर तथा २ वटा भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ वटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । आगो नियन...

मकवानपुरमा माझीले मनाए कोसी पर्व

मकवानपुरमा माझीले मनाए कोसी पर्व
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुईनाका माझीहरुले आफ्नो महान् पर्व लदी अर्थात् कोसी पर्व मनाएका छन् । माझी बस्ती जुईना नजिकैको बकैया, सिमात, हर्दिया र जुईना खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर उनीहरुले खोलालाई सामुहिक पुजा गरे । चार खोलाको संगममा उनीहरुले खोलालाई बोका, पाठी, कुखुरा र परेवाको बली समेत दिएर पुजा गरेका थिए । नेपाल माझी उत्थान संघ मकवानपुरले कोसी पर्वको अवसरमा साम...